• बुधबार, २५ कात्तिक २०८३
  • images
    images

    थुलुङ दुधकाेशीका अध्यक्ष राईको घोषणा: पालिकाभित्रका जेहेन्दार विद्यार्थीलाई एमबीबीएस पढाउने

    थुलुङ दुधकाेशीका अध्यक्ष राईको घोषणा: पालिकाभित्रका जेहेन्दार विद्यार्थीलाई एमबीबीएस पढाउने

    हेल्दीखबर
    शुक्रबार, जेठ ६ २०७९
    हेल्दीखबर
    शुक्रबार, जेठ ६ २०७९
    थुलुङ दुधकाेशीका अध्यक्ष राईको घोषणा: पालिकाभित्रका जेहेन्दार विद्यार्थीलाई एमबीबीएस पढाउने

     साेलुखुम्बु । थुलुङ दुधकाेशी गाउँपालिकाका अध्यक्ष असिम राईले गाउँपालिकाभित्रका एक जेहनदार विद्यार्थीलाई एमबीबीएस पढाउने घोषणा गर्नुभएको छ । उहाँले आफूले राज्यबाट प्राप्त गर्ने सबै सेवा-सुविधा तथा अन्य श्रोतबाट एक जना एमबिबिएस पढाउने घोषणा गर्नुभएको हो। 
    शुक्रबार दाेस्राेपटक गाउँपालिका अध्यक्षको रुपमा  पदभार ग्रहण गर्दै अध्यक्ष राईले  गाउँपालिका अध्यक्षको रुपमा प्राप्त हुने सबै सेवा सुबिधा गाउँपालिका भित्रका गरिब तथा जेहेनदार एक जना विद्यार्थीलाई एमबीबीएस पढाउन खर्च गर्ने जानकारी दिनुभयो। अध्यक्ष राईले पदभार ग्रहणपछि  जारी गरेको प्रेस विज्ञप्तिमा गाउँपालिकावासीहरूकाे सहजताका लागि वातावरणमैत्री विद्युतीय बस सेवा सञ्चालन गर्ने बताउनुभयो। 
    अध्यक्ष राई २०७४ सालकाे पहिलाे स्थानीय तह सदस्यकाे निर्वाचनमा नेकपा (माओवादी केन्द्र)को तर्फबाट उम्मेदवार बनेर यही गाउँपालिका अध्यक्षकाे रूपमा निर्वाचित हुनुभएको थियो।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार