• बिहीबार , २९ असोज २०८३
  • images
    images

    पाकिस्तानमा एमबीबीएस, बीडिएस र डीफर्मा विषयमा अध्ययन गर्न छात्रवृत्तिको अवसर

    पाकिस्तानमा एमबीबीएस, बीडिएस र डीफर्मा विषयमा अध्ययन गर्न छात्रवृत्तिको अवसर

    बिहीबार , भदौ १७ २०७८
    बिहीबार , भदौ १७ २०७८
    पाकिस्तानमा एमबीबीएस, बीडिएस र डीफर्मा विषयमा अध्ययन गर्न छात्रवृत्तिको अवसर

    पाकिस्तानमा एमबीबीएस, बीडिएस र डीफर्मा विषयमा अध्ययन गर्नका लागि नेपाली विद्यार्थीलाई छात्रवृत्तिको अवसर प्राप्त भएको छ । एमबीबीएसमा १०, बीडिएसमा १ र डि फर्माका लागि ८ गरि जम्मा १९ सिटका लागि पाकिस्तान सरकारले छात्रवृत्तिको अवसर दिएको चिकित्सा शिक्षा आयोगले जनाएको छ । 
    एकीकृत प्रवेश परीक्षाको नतिजाको योग्यताक्रममा रहेका र उक्त छात्रवृत्तिका लागि योग्यता पुगेका उम्मेदवारलाई अक्टोवर १० सम्म आवेदन दिन आयोगले सूचित गरेको छ । छात्रवृत्तिमा पूर्वमनोनयन पछिको अन्तिम सूचीमा छनोट भएका उम्मेदवारहरुले पुन नेपाल तर्फका कलेजमा म्याचिङका लागि अवसर नपाउने आयोगले जनाएको छ । 

    images

    प्रतिक्रिया दिनुहोस
    थप समाचार