• मंगलबार, २७ असोज २०८३
  • images

    नर्सिङ पेशालाई विभेद, बागमती प्रदेश स्वास्थ्य मन्त्रालयमा नर्सिङ दरबन्दी  हटाइयो

    नर्सिङ पेशालाई विभेद, बागमती प्रदेश स्वास्थ्य मन्त्रालयमा नर्सिङ दरबन्दी  हटाइयो

    हेल्दीखबर
    सोमबार, भदौ २८ २०७८
    हेल्दीखबर
    सोमबार, भदौ २८ २०७८
    नर्सिङ पेशालाई विभेद, बागमती प्रदेश स्वास्थ्य मन्त्रालयमा नर्सिङ दरबन्दी  हटाइयो

    काठमाडौं ।  बागमती प्रदेश स्वास्थ्य मन्त्रालयमा प्रस्तावित दरबन्दीमा नर्सलाई विभेद गरिएकोमा  सरकारी सेवामा आबद्द नर्सहरूको संघ नेपाल (गोनान) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको  छ।
    गोनानकि अध्यक्ष कल्पना श्रेष्ठले  एक विज्ञप्ति जारी गर्दै बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले जारी गरेको दरबन्दी तेरिजमा जनरल नर्सिङको कुनै पनि पद  नभएको भन्दै आपत्ति जनाउनुभयो।
    विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार जनरल नर्सिङ दरबन्दी राख्नुपर्ने उल्लेख गरिएको छ।
    ‘दुई बर्ष देखि कोरोना प्रकोपमा जनरल नर्सिङ भूमिका अस्पतालमा कति छ भन्ने प्रष्ट देखियो,’ विज्ञप्तिमा भनिएको छ,‘ विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार जनरल नर्सिङ दरबन्दी राख्नुपर्ने उल्टै नियत वस छुट्टाएको भान भएको छ।’
    गोनानकी अध्यक्ष  श्रेष्ठले जनरल नर्सिङ जनशक्ति उत्पादन हुँदा पनि प्रदेश सरकारले दरबन्दी राख्न नियतवस छुट्टाएको आरोप बताउनुभयो । नर्सलाइ विभेद गरिएको भन्दै दरबन्दीमा नर्सिङलाई पाखा पारिएको खण्डमा कडा आन्दोलन गर्ने चेतावनी दिनुभयो।
    ‘यस विषयमा गोनान गम्भिर ध्यानकर्षण भएको छ। उक्त दरबन्दी तेरिजमा आवश्यकता अनुसार दरबन्दी उल्लेख गरियोस्,’ श्रेष्ठले भन्नुभयो,गोनानले स्वास्थ्य सम्बन्धि नीति तथा कार्ययोजना बनाउँदा स्वास्थ्य क्षेत्रको अत्यावश्यक नर्स जनशक्तिको प्रतिनिधित्व गराउन माग समेत गरेको छ।"
    सोमबार नै बागमती प्रदेश सरकारले ११ औं तहको प्राविधिक सचिवको नेतृत्वमा प्रस्तावित दरबन्दी पेश गरेको छ।  goanan-690x1024.jpg received_252360133533404.jpeg

    प्रतिक्रिया दिनुहोस
    थप समाचार