• शनिबार, १ कात्तिक २०८३
  • images

    बागमती प्रदेशको स्वास्थ्य मन्त्रीमा निमा लामा नियुक्त

    बागमती प्रदेशको स्वास्थ्य मन्त्रीमा निमा लामा नियुक्त

    हेल्दीखबर
    बिहीबार , कात्तिक २५ २०७८
    हेल्दीखबर
    बिहीबार , कात्तिक २५ २०७८
    बागमती प्रदेशको स्वास्थ्य मन्त्रीमा निमा लामा नियुक्त


    काठमाडौ । बागमती प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नेपाली काँग्रेसका प्रदेशसभा सदस्य निमा लामालाई नियुक्त गरिएको छ । 
    बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विहीबार लामालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्त गर्नुभएको हो ।

    लामा प्रदेश सभाको निर्वाचनमा सिन्धुपाल्चोक २ (ख) बाट नेपाली कांग्रेसको तर्फबाट निर्वाचित सांसद हुनुहुन्छ ।

    images


    नव नवनियुक्त मन्त्री लामाले  बिहीबार नै पद तथा गोपनीयताको शपथ लिनुभएको छ । 
    यसअघि मुख्यमन्त्री पाण्डेले कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल भँडेल, नेकपा माओवादी केन्द्रका संसदीय दलकी उपनेता कुमारी मोक्तान र एकीकृत समाजवादी संसदीय दलका उपनेता कृष्णप्रसाद खनाललाई मन्त्री बनाइसक्नुभएको छ । 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार