• सोमबार, १५ भदौ २०८३
  • images

    मलाई सफल बनाउन स्वास्थ्यकर्मीको सहयोग चाहिन्छः स्वास्थ्यमन्त्री खतिवडा

    मलाई सफल बनाउन स्वास्थ्यकर्मीको सहयोग चाहिन्छः स्वास्थ्यमन्त्री खतिवडा

    हेल्दीखबर
    शुक्रबार, असोज २२ २०७८
    हेल्दीखबर
    शुक्रबार, असोज २२ २०७८
    मलाई सफल बनाउन स्वास्थ्यकर्मीको सहयोग चाहिन्छः   स्वास्थ्यमन्त्री खतिवडा


    काठमाडौ । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले भ्रष्टाचार नियन्त्रणमा आफू केन्द्रीत हुने बताउनुभएको छ । 
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पदभार ग्रहण गर्ने क्रममा मन्त्री खतिवडाले नेपालमा पनि कोरोनाको संक्रमण उच्च रहेकोले कोरोना नियन्त्रणमा काम गर्नुपर्ने बताउनुभयो । नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट स्वास्थ्यमन्त्रीको जिम्मेवारी पाएलगत्तै राष्ट्रपति भवन शीतलनिवासमा सपथ लिएपछि शुक्रबार साँझ मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्नुभएको थियो । स्वास्थ्य क्षेत्र प्राविधिक विषय भएकोले आफूलाई सफल तुल्याउन स्वास्थ्यकर्मीको भूमीका हुने उहाँको भनाई छ । 
    उहाँले कर्मचारीहरुको साथले नै आफूलाई सफल बनाउने भन्दै कर्मचारीहरुलाई सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले गठबन्धन सरकारले सार्वजनिक गरेको साझा कार्यक्रम अनुसार काम अगाडि बढाउने कुरामा पनि आफूले प्राथमिकता दिने बताउनुभयो । नेपाललाई कोभिडमुक्त बनाउने काममा आफ्नो ध्यान केन्द्रित गर्ने उहाँको भनाई छ । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार