काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्वास्थ्य तथा जनसंख्याको जिम्मेवारी विरोध खतिवडाले पाउनुभएको छ। यसअघि रामकुमारी झाक्रीलाई स्वास्थ्य मन्त्रालयको दिने सहमति भएको थियो।
समाजवादीले स्वास्थ्यमन्त्रीमा विरोध खतिवडा र राज्यमन्त्रीमा भवानी खापुङको नाम सिफारिस गरेको छ । समाजवादीले स्वास्थ्यमन्त्री खतिवडा र राज्यमन्त्री खापुङलाई बनाउनेगरी नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको हो ।