काठमाडौं, २९ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मन्त्री नियुक्त गर्नुहुन्छ भन्ने धेरैले अड्कलबाजी गरेका थिए । कतिपयले स्वास्थ्य मन्त्रीमा गगन थापाको फोटो राखेर बधाई समेत दिए । कतिपयले नेकपा माओवादी केन्द्रको तर्फबाट गिरीराजमणि पोखरेल स्वास्थ्य मन्त्री हुने भन्दै बधाई दिए । मंगलबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवाले सपथ ग्रहण गरेसंगै अन्य चारजना मन्त्री नियुक्त गर्नुभएको छ । तर स्वास्थ्य मन्त्री नियुक्त हुन सकेन वा सरकारको प्राथमिकतामा नै परेन । कोरोनाको महामारीमा स्वास्थ्य मन्त्रालय सरकारको प्राथमिकतामा पर्नुपर्ने थियो । तर विडम्बना स्वास्थ्य मन्त्री नियुक्त हुनै सकेन । अन्य चार मन्त्रीमा गृह बालकृष्ण खाँड, तथा अर्थमन्त्रीमा जनार्दन शर्माले पनि पद तथा गोपनीयताको सपथ लिनु भएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले सो सपथ गराउनु भएको थियो ।
साथै कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की र उर्जा जलस्रोत तथा सिचाइ मन्त्रीमा पम्फा भुषालले पनि सपथ लिनु भएको थियो ।