• सोमबार, २ कात्तिक २०८३
  • images

    अमेरिकाको न्यूयोर्कमा आएको बाढीमा ३ नेपालीको मृत्यु

    अमेरिकाको न्यूयोर्कमा आएको बाढीमा ३ नेपालीको मृत्यु

    शुक्रबार, भदौ १८ २०७८
    शुक्रबार, भदौ १८ २०७८
    अमेरिकाको न्यूयोर्कमा आएको बाढीमा ३ नेपालीको मृत्यु

    अमेरिकाको न्यूयोर्कमा आएको आइडा नामक आँधी र भीषण वर्षाका कारण आएको बाढीमा परी ३ नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका–२ जुनवेशी स्थायी घर भइ हाल न्युयोर्कमा बसोबास गर्दै आएका आङ गेलु लामा, उनकी पत्नी मिङमार शेर्पा र १९ महिनाको छोरा लोप्साङ लामा छन् ।
    युनाईटेड शेर्पा एसोसिएसन न्यूयोर्कले दिएको जानकारी अनुसार उनीहरुको बाढीमा परी मृत्यु भएको हो । अमेरिकामा हालसम्म ६ वटा राज्यमा वर्षा ,बाढी र घुम्रपात (टोरनाड़ो ) को कारण ४५ जनाको मृत्यु भइसकेको छ भने न्यूजर्सीमा मात्र २३ जनाको मृत्यु भएको छ ।

     

    images

    प्रतिक्रिया दिनुहोस
    थप समाचार