• मंगलबार, २७ असोज २०८३
  • images

    नर्स ज्योति रानाभाटद्वारा ६ दिनदेखिको अनशन अन्त्य, सरकारसँग १९ बुँदे सहमति

    नर्स ज्योति रानाभाटद्वारा ६ दिनदेखिको अनशन अन्त्य, सरकारसँग १९ बुँदे सहमति

    बुधबार, साउन २० २०८३
    बुधबार, साउन २० २०८३
    नर्स ज्योति रानाभाटद्वारा ६ दिनदेखिको अनशन अन्त्य, सरकारसँग १९ बुँदे सहमति

    काठमाडौं, २० साउन । सरकारसँग १९ बुँदे सहमति भएपछि नर्स ज्योति रानाभाटले विगत ६ दिनदेखि जारी आमरण अनशन अन्त्य गर्नुभएको छ। 

    वीर अस्पतालमा रातभर चलेको वार्तापछि बुधबार बिहान २ः३५ बजे उहाँले अनशन तोड्नुभएको हो।

    रानाभाट पक्ष, नेपाल नर्सिङ संघ तथा सरकारी प्रतिनिधिबीच मंगलबार दिउँसोदेखि नै चरणबद्ध रूपमा छलफल भइरहेको थियो। अन्तिम चरणको वार्तामा भने स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रतिनिधि र रानाभाट पक्षका नर्सहरू मात्र सहभागी भएका थिए।

    राति सहमतिको मस्यौदा तयार भएपछि दुवै पक्षले १९ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका हुन्। सहमतिअनुसार १२ बुँदा तत्काल कार्यान्वयन गरिनेछ भने बाँकी ७ बुँदा सम्बन्धित निकायको अधिकारक्षेत्रसँग जोडिएका विषय भएकाले कार्यदल गठन गरी अध्ययन प्रतिवेदनका आधारमा कार्यान्वयन गरिने उल्लेख गरिएको छ।

    सहमति पत्रमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा, अतिरिक्त सचिव डा. सङ्गीता मिश्र, स्वास्थ्यमन्त्रीका विज्ञ सल्लाहकार डा. मनोहर प्रधान तथा मन्त्रालयको सचिवालयका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। त्यसैगरी शिक्षा तथा खेलकुद मन्त्रालयका सहसचिव चन्द्रकान्त भुसाल र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव गगनसिंह विष्ट पनि वार्तामा सहभागी हुनुहुन्थ्यो।

    नर्सिङ क्षेत्रसँग सम्बन्धित विभिन्न माग सम्बोधन गर्ने उद्देश्यले भएको उक्त सहमतिपछि रानाभाटले आफ्नो आमरण अनशन औपचारिक रूपमा अन्त्य गर्नुभएको हो ।
    हेरौं सहमति :

    1785888629619.jpg

    1785888632780.jpg1785888641001.jpg

    प्रतिक्रिया दिनुहोस
    थप समाचार