• आइतबार, १४ भदौ २०८३
  • images

    जलनका अर्का बिरामी रावतको निधन

    जलनका अर्का बिरामी रावतको निधन

    शनिबार, असार २७ २०८३
    शनिबार, असार २७ २०८३
    जलनका अर्का बिरामी रावतको निधन

    काठमाडौं, २७ असार । काठमाडौं महानगरपालिका–१० बुद्धनगरका ४५ वर्षीय अश्विन रावतको उपचारका क्रममा मृत्यु भएको छ। 

    शरीरको करिब ७० प्रतिशत भाग जलेपछि वीर अस्पतालमा उपचाररत रावतको शनिबार निधन भएको हो।

    वीर अस्पतालका डा. अपार लामिछानेका अनुसार गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएका रावतको उपचारका क्रममा मृत्यु भएको हो।

    डा. लामिछानेले अत्यधिक जलनका कारण रावतलाई बचाउन नसकिएको बताउनुभयो। उहाँका अनुसार आगोले रावतको अनुहार मात्र नभई श्वासप्रश्वास नलीसमेत गम्भीर रूपमा प्रभावित भएको थियो, जसका कारण उपचार जटिल बनेको थियो।

    डा. लामिछानेले रावतलाइ बचाउन चिकित्सक टोलीले सबै सम्भव प्रयास गरेको तर शरीरको ठूलो भाग जलेको र श्वासप्रश्वास प्रणालीसमेत प्रभावित भएकाले उपचार सफल हुन नसकेको बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार