• बिहीबार , ५ कात्तिक २०८३
  • images

    नेपालमै जलन उपचार प्रभावकारी बनाउनुपर्छ : स्वास्थ्य मन्त्री बस्नेत 

    नेपालमै जलन उपचार प्रभावकारी बनाउनुपर्छ : स्वास्थ्य मन्त्री बस्नेत 

    हेल्दीखबर
    आइतबार, जेठ १४ २०८०
    हेल्दीखबर
    आइतबार, जेठ १४ २०८०
    नेपालमै जलन उपचार प्रभावकारी बनाउनुपर्छ : स्वास्थ्य मन्त्री बस्नेत 

    काठमाडौं, १४ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले नेपालमा जलन उपचारमा नतिजा निकाल्न सक्ने गरी काम गर्न निर्देशन दिनुभएको छ ।  उहाँले नेपालमै जलन उपचार प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । 

    जलनको उपचारमा संलग्न अस्पतालका प्रमुख, उपचारमा संलग्न हुने सम्बन्धित विषय विज्ञ चिकित्सकहरूसँग भएको छलफलमा मन्त्री बस्नेतले जलन उपचार केन्द्रहरुलाई आफुले सहजीकरण गर्ने भन्दै थोरै समयमा धेरै नतिजा निकाल्न सक्ने गरी रोकथाम र उपचारका काम गर्न निर्देशन दिनुभएको हो ।

    images

    मन्त्री बस्नेतले वीर अस्पताल, पाटन अस्पताल, कान्ति बाल अस्पताल, त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल, किर्तिपूर बर्न अस्पताल र सुष्मा कोइराला मेमोरियल अस्पतालका तर्फबाट जलन उपचारको वर्तमान अवस्थाबारे जानकारी लिनुभएको थियो । 

    छलफलमा सचिव डा.रोशन पोखरेलले यी छ अस्पतालहरुलाई समन्वयात्मक रुपमा सेवा प्रवाहको व्यवस्था गर्ने गरी सम्पर्क व्यक्ति तोक्ने, यी अस्पतालहरूले उपत्यका बाहिरका संघीय, प्रादेशिक अस्पतालहरुलाई उपचारमा सहजीकरण गर्ने गरी अस्पताल तोक्ने र यी अस्पतालहरुको नेटवर्किङ गरी तोकिएका अस्पतालबाट जलनको उपचार एवं विशेषज्ञ जनशक्ति व्यवस्थापनमा सहजीकरण गर्नेगरी टेलिमेडिसिन सेवा मार्फत एकिकृत रुपमा जलन उपचार व्यवस्थापन गनुपर्ने बताउनु भयो । 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार