• आइतबार, १४ भदौ २०८३
  • images

    स्वास्थ्य मन्त्री बस्नेतद्वारा  हेटौडा अस्पतालको निरिक्षण: उपचार सेवा प्रभावकारी बनाउन निर्देशन

    स्वास्थ्य मन्त्री बस्नेतद्वारा  हेटौडा अस्पतालको निरिक्षण: उपचार सेवा प्रभावकारी बनाउन निर्देशन

    मेडिकल स्टोर पथलैयाको आकस्मिक निरिक्षण

    हेल्दीखबर
    बिहीबार , जेठ २५ २०८०
    हेल्दीखबर
    बिहीबार , जेठ २५ २०८०
    स्वास्थ्य मन्त्री बस्नेतद्वारा  हेटौडा अस्पतालको निरिक्षण: उपचार सेवा प्रभावकारी बनाउन निर्देशन

    हेटौडा, २५ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बिहीबार हेटौडा अस्पताल र बाराको पथलैयामा रहेको  मेडिकल स्टोरको आकस्मिक निरिक्षण गर्नुभएको छ।
     काठमाडौंका सरकारी अस्पताल र केही निजी अस्पतालको निरिक्षण गरेपछि मन्त्री बस्नेतले उपत्यका बाहिरका सरकारी र निजी अस्पतालहरुले प्रदान गरिरहेको उपचार सेवाका विषयमा जानकारी लिन तथा निरिक्षण गर्न उहाँ उपत्यका बाहिर जानुभएको हो। हेटौडा अस्पतालको आकस्मिक निरिक्षणको क्रममा मन्त्री बस्नेतले अस्पतालले प्रदान गरिरहेको उपचार सेवाका बिषयमा जानकारी लिनुभयो । अस्पतालमा उपचाररत बिरामीहरुसँग पनि मन्त्री बस्नेतले कुराकानी गर्नुभएको थियो।
    निरिक्षण पछि मन्त्री बस्नेतले देश भरिका अस्पतालहरुले १० प्रतिशत शैया विपन्नका लागि छुट्याएर नि शुल्क उपचार गर्नु पर्नेमा जोड दिनुभयो।
    देशका अधिकांश सरकारी अस्पतालहरुले उपकरण किनेर प्रयोगमा नल्याउने र थन्क्याएर राख्ने प्रवृतिलाई निरुत्साहित गर्न स्वास्थ्य मन्त्रालयसँग समुन्वय नगरि नयाँ उपकरण खरिद नगर्न आफूले निर्देशन दिएको मन्त्री बस्नेतले जानकारी दिनुभयो । उहाँले भन्नुभयो," आवश्यकता र औचित्यताका आधारमा मात्र उपकरण किन्नु पर्छ ।’ 
    जनताले गुणस्तरीय उपचार पाउनु पर्ने बाहेक आफ्नो कुनै स्वार्थ नभएको बताउदै मन्त्री बस्नेतले राम्रो काम गर्ने स्वास्थ्यकर्मीलाई प्रोत्साहन र काम नगर्नेलाई कारवाही गर्न आफु पछि नपर्ने दावी गर्नुभयो।
    कार्यक्रममा हेटौडा अस्पतालका निर्देशक सहित चिकित्सकले अस्पतालले प्रदान गरिरहेको सेवाका बिषयमा जानकारी गराएका थिए । 
    त्यसैगरि मन्त्री बस्नेतले पथलैयास्थित औषधि स्टोरको पनि निरिक्षण गरेर त्यहाँ रहेको औषधि र भण्डारणका बिषयमा जानकारी लिएका छन् ।
    सो अवसरमा बाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्कालगायत औषधि स्टोरका अधिकारीले मन्त्री बस्नेतलाई औषधि भण्डारणका बिषयमा जानकारी गराएका थिए ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार