काठमाडौँ, २४ बैशाख । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा सकुन्तला प्रजापति नियुक्त हुनुभएको छ ।
स्वास्थ्य मन्त्री निशा मेहताले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै अर्को व्यवस्था नभएसम्मका लागि प्रजापतिलाई विभागको कार्यकारी निर्देशक भूमिका दिनुभएको हो । प्रजापति एघारौँ तहमा कार्यरत नर्सिङ समूहकी हुनुहुन्छ। ।
उहाँ गत महिना मात्रै नारायणी अस्पतालबाट सरुवा भई स्वास्थ्य मन्त्रालयमा आउनुभएको थियो ।
स्वास्थ्य मन्त्रालयले उहाँलाई पुल दरबन्दीमा राखेको थियो।
‘स्वास्थ्य बीमा बोर्डमा यसअघि पनि मन्त्रालयका डा कृष्णप्रसाद पौडेल निर्देशक हुनुहुन्थ्यो । उहाँको गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा भएको छ ।