काठमाडौं । स्वास्थ्य बीमा बोर्डले आठ महिनाको अवधिमा दुई अर्ब ७३ करोड रुपैयाँ बीमाशुल्क बापत संकलन गरेको छ । बोर्डले जनवरीदेखि सेप्टेम्बरसम्ममा बीमाशुल्कवापत दुई अर्ब ७३ करोड रुपैयाँ संकलन गरेको जानकारी दिएको छ ।
बोर्डले जुलाईमा एक अर्ब २० करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो । यो कुल बीमाशुल्क आम्दानीको ५६ प्रतिशत हो । बोर्डका अनुसार
कूल जनसंख्याको १५ प्रतिशत स्वास्थ्य बीमा योजनाबाट लाभान्वित भएका छन् । बोर्डका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. माधव लम्सालले ४५ लाख भन्दा बढी सर्वसाधारणहरु स्वास्थ्य बीमा योजना अन्तर्गत समेटिएको जानकारी गराउँदै सातवटा प्रदेशहरुमध्ये प्रदेश नम्बर १ सबैभन्दा बढी स्वास्थ्य बिमा भएको प्रदेश बताउनुभयो । उहाँले उक्त प्रदेशमा चार लाख ५९ हजार जनाले स्वास्थ्य बीमा गराएको जानकारी दिनुभयो । । त्यसैगरी कर्णाली प्रदेशमा सबैभन्दा कम संख्यामा स्वास्थ्य बीमा भएको छ । कर्णालीबाट ७५ हजार सर्वसाधारण स्वास्थ्य बीमामा समेटिएका छन् ।