• आइतबार, १८ असोज २०८३
  • images

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३० जना स्टाफ नर्ससहित ४६ पदमा दरखास्त आह्वान

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३० जना स्टाफ नर्ससहित ४६ पदमा दरखास्त आह्वान

    बुधबार, साउन २७ २०८३
    बुधबार, साउन २७ २०८३
    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३० जना स्टाफ नर्ससहित ४६ पदमा दरखास्त आह्वान

    पोखरा, २७ साउन  । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले  नर्स सहित विभिन्न पदमा ४६ जनालाई करार सेवामा पदपूर्ति गर्ने भएको छ।

    प्रतिष्ठानले बुधबार प्रकाशित गरेको सूचनाअनुसार उप–प्राध्यापक (क्रिटिकल मेडिसिन) एक, मेडिकल अधिकृत आठ , सूचना प्रविधि अधिकृत एक, डेन्टल हाइजिनिस्ट दुई, रेडियोग्राफर तीन, रेडियोग्राफर (महिला) एक र स्टाफ नर्स ३० जना माग गरिएको छ।

    उप–प्राध्यापक पदका लागि सम्बन्धित विषयमा डीएम वा सो सरहको उपाधि हासिल गरी सम्बन्धित काउन्सिलमा दर्ता भएको तथा चिकित्सा शिक्षा आयोग र प्रतिष्ठानले तोकेको योग्यता पूरा गरेको हुनुपर्नेछ। मेडिकल अधिकृतका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट एमबीबीएस वा सो सरहको उपाधि हासिल गरी सम्बन्धित काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ।

    त्यस्तै, सूचना प्रविधि अधिकृतका लागि सम्बन्धित विषयमा स्नातक वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्नेछ। डेन्टल हाइजिनिस्ट, रेडियोग्राफर र स्टाफ नर्सका लागि सम्बन्धित विषयमा प्रमाणपत्र तह वा सो सरहको उपाधि हासिल गरी सम्बन्धित काउन्सिलमा दर्ता भएको हुनुपर्ने व्यवस्था गरिएको छ।

    सूचनामा उल्लेख भएअनुसार उप–प्राध्यापक, मेडिकल अधिकृत र सूचना प्रविधि अधिकृत पदका लागि परीक्षा अन्तर्वार्तामार्फत हुनेछ। डेन्टल हाइजिनिस्ट, रेडियोग्राफर र स्टाफ नर्स पदका लागि लिखित परीक्षा र अन्तर्वार्ता हुनेछन्। उम्मेदवारको उमेर १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ।

    दरखास्त दस्तुर उप–प्राध्यापक, मेडिकल अधिकृत र सूचना प्रविधि अधिकृतका लागि १ हजार २०० रुपैयाँ तथा अन्य पदका लागि ६०० रुपैयाँ तोकिएको छ। इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ।

    विदेशमा अध्ययन गरेका उम्मेदवारले नेपाल सरकारबाट मान्यता प्राप्त संस्थाबाट सम्बन्धित तहको समकक्षताको प्रमाणपत्र पेस गर्नुपर्ने प्रतिष्ठानले जनाएको छ। दरखास्त प्रतिष्ठानको कृषि विकास बैंकमा रहेको प्रतिष्ठान आम्दानी खाता नम्बर ०३१६४०१५९१२४८०३७ मा दस्तुर जम्मा गरी पेस गर्नुपर्नेछ। लिखित परीक्षा तथा अन्तर्वार्ताको मिति र स्थान प्रतिष्ठानको वेबसाइटमार्फत पछि प्रकाशित गरिने सूचनामा उल्लेख छ ।
    हेरौं सूचना: 

    FB_IMG_1786508528569.jpg

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार