• आइतबार, १४ भदौ २०८३
  • images

    पोखरामा पहिलो पटक मिर्गौला प्रत्यारोपण

    पोखरामा पहिलो पटक मिर्गौला प्रत्यारोपण

    डा.पुकारको नेतृत्वमा सफल भयो ५२ वर्षीया महिलाको प्रत्यारोपण  

    हेल्दीखबर
    बिहीबार , असार ९ २०७९
    हेल्दीखबर
    बिहीबार , असार ९ २०७९
    पोखरामा पहिलो पटक मिर्गौला प्रत्यारोपण

    पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलो पटक मिर्गौला प्रत्यारोपण सफल भएको छ ।

    भक्तपुरस्थित शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रको टोली र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुको संयुक्त टोलीले सफल मिर्गौला प्रत्यारोपण गरेका हुन् ।

        यसअघि भक्तपुरस्थित शहीद धर्मभक्त प्रत्यारोपण केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच मिर्गौला प्र्रत्यारोपणको लागि सम्झौता भएको थियो । सरकारको नीति अनुसार शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रले सातवटै प्रदेशमा मिर्गौला प्रत्यारोपण गर्नेछ ।

    केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले पोखरामा पहिलोपटक मिर्गौला प्रत्यारोपण गरेको जानकारी दिनुभयो । सम्झौता अनुसार पहिलेदेखि नै प्रत्यारोपणको तयारी थियो,डा.श्रेष्ठले भन्नुभयो,“आज ५० वर्षीया महिलामा मिर्गौला प्रत्यारोपण सफल भएको छ ।”

    No description available.

     डा.श्रेष्ठको टोलीले भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भने दैनिक तीन जनासम्मको मिर्गौला प्रत्यारोपण गरेको थियो ।

    भक्तपुरका डा. पुकारचन्द्र श्रेष्ठको टिम र पोखराका डा. प्रकाश क्षेत्री सहितको टिमले प्रत्यारोपण गरेको हो ।

     मिर्गौला प्रत्यारोपण गरिएकी महिलालाई उहाँको श्रीमानले मिर्गौला दान गर्नुभएको हो ।

    No description available.

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार