• आइतबार, १४ भदौ २०८३
  • images

     काँक्रेविहार जंगलमा १६ र १८ वर्षका युवायुवती मृत भेटिए 

     काँक्रेविहार जंगलमा १६ र १८ वर्षका युवायुवती मृत भेटिए 

    सोमबार, मंसिर ८ २०८२
    सोमबार, मंसिर ८ २०८२
     काँक्रेविहार जंगलमा १६ र १८ वर्षका युवायुवती मृत भेटिए 

    सुर्खेत, ८ मंसिर । सुर्खेतको काँक्रेविहार जंगलमा युवायुवती मृत भेटिएका छन् । ‎

    मृत फेला पर्नेमा जुम्लाको कनकासुन्दरी गाउँपालिका ७ घर भएका १८ वर्षीय नरेश खत्री र वीरेन्द्रनगर नगरपालिका वडा  १० खजुराकी १६ वर्षीया दीपिका चौधरी छन् । 

    जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार सोमबार बिहान सवा ११ बजे जंगलमा घाँस काट्न गएका स्थानीयले दुवै जनालाई झुन्डिएको अवस्थामा देखेका थिए । 


    ‎‎जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी मोहनजंग बुढथापाले किशोरीको सनाखत काका राजु चौधरीले गर्नुभएको थियो भने किशोरको सनाखत उहाँका फुपू गीता खत्रीले गर्नुभएको जानकारी दिदै ‎घटनाबारे थप अनुसन्धान भइरहेको बताउनुभयो । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार