• आइतबार, १४ भदौ २०८३
  • images

    आइतबार र सोमबार सार्वजनिक बिदा

    आइतबार र सोमबार सार्वजनिक बिदा

    शनिबार, असोज १८ २०८२
    शनिबार, असोज १८ २०८२
    आइतबार र सोमबार सार्वजनिक बिदा

    काठमाडौं , १८ असोज । सरकारले आइतबार र सोमबार (भोलि र पर्सि ) सार्वजनिक बिदा दिएको छ।


    अविरल वर्षासँगैको प्रतिकुल परिस्थितिलाई मध्यनजर गर्दै सरकारले थप दुई दिन बिदा दिएको हो ।


    सरकारी कार्यालयहरू भोलिदेखि खुल्ने तय भएपनि अविरल वर्षाका कारण सडक अवरुद्ध भएसँगै सरकारले थप दुई दिने बिदा दिने निर्णय गरेको हो । 

    उक्त जानकारी गृहमन्त्री ओमप्रकाश अर्यालले दिनुभयो ।

     सरकारी कार्यालयहरू भोलिदेखि खुल्ने तय भएको थियो ।

    राजमार्गहरूमा खसेको पहिरो र मौसम पूर्वानुमान महाशाखाले जारी गरेको अलर्टलाई ध्यानमा राख्दै बिदा दिने निर्णय भएको हो ।

    त्यस्तै, गृह मन्त्रालयमा देशभरका सीडीओहरूसँग सुरक्षाबारे छलफल भएको छ ।

    त्यस्तै, उच्च जोखिमयुक्त बस्तीमा सुरक्षा संयन्त्रहरू परिचालन गर्ने निर्णय पनि भएको छ । नेपाली सेनाको टोली पनि आकस्मिक उद्धारका लागि तयारी अवस्थामा राख्ने निर्णय भइरहेको पनि गृहले जनाएको छ ।

    हेरौं सूचना: 

    Public_Holiday.jpg
    undefined

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार