काठमाडौ । सरकारले मंगलबार सार्वजनिक बिदा दिने भएको छ।
गृह मन्त्रालयले इस्लाम धर्मालम्बीहरूको पर्व ईद उल फित्रका अवसरमा सार्वजनिक बिदा दिइएको जनाएको छ।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार ईद उल फित्रका दिन सार्वजनिक बिदा दिने व्यवस्था भए बमोजिम भोलि बिदा दिइएको बताउनु्भयो ।
नेपाल राजपत्रमा मिति २०७८।११।२६ मा प्रकाशित सूचना अनुसार इस्लाम धर्मालम्बीहरुको पर्व ईद ईद उल फित्रका दिन सार्वजनिक बिदा दिने व्यवस्था भए बमोजिम उक्त बिदा २०७९ वैशाख २० गते मंगलबार कायम भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छु, गृह मन्त्रालयका प्रवक्ता पोखरेलले जारी गरेको सूचनामा उल्लेख छ।
