काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले प्रदेशका चार वटा जिल्लामा सोमबार सार्वजनिक विदा दिने भएको छ ।
छठ पर्व समापनको अवसरमा सोमवार प्रदेश सरकारले सार्वजनिक बिदा दिन लागेको हो ।
२०८० मंसिर ४ गते सोमबार नवलपरासी, रुपन्देही, कपिलवस्तु र बाँके जिल्लामा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयको सूचनामा उल्लेख गरिएको छ ।
गृह मन्त्रालयका उपसचिव खिमानन्द ज्ञवालीले गृहमन्त्री स्तरीय प्रस्तावबाट प्रदेश सरकारको निर्णयबाट सोमबार बिदा दिने निर्णय भएको जारी सूचनामा उल्लेख गरेका छन् ।
हेरौँ सूचनाः
