• आइतबार, १४ भदौ २०८३
  • images

    आज सार्वजनिक बिदा

    आज सार्वजनिक बिदा

    बुधबार, असोज १ २०८२
    बुधबार, असोज १ २०८२
    आज सार्वजनिक बिदा

    काठमाडौं, १ असोज । सरकारले आज देशब्यापी रुपमा सार्वजनिक बिदा दिएको छ ।

    ‘जेनजी’ आन्दोलनका क्रममा भएको प्रदर्शनमा  ज्यान गुमाउनेको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन  देशभर सार्वजनिक बिदा दिएको हो । 

    गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार मन्त्रिपरिषद्को यही भदौ ३० गतेको निर्णयअनुसार असोज १ गतेलाई सार्वजनिक बिदा घोषणा गरिएको हो।

    'यही भदौ २३ र २४ गते जेनजी पुस्ताद्वारा भएको प्रदर्शनका क्रममा ज्यान गुमाउने मृतकहरूको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन असोज १ गते बुधबार नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने नेपाल सरकार (मन्त्रिपरिषद्) बाट निर्णय भएको बेहोरा सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,' विज्ञप्तिमा भनिएको छ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार