• बुधबार, २८ असोज २०८३
  • images
    images

    स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई हाजिर नगराउन निर्देशन

    स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई हाजिर नगराउन निर्देशन

    बुधबार, असार ३२ २०८२
    बुधबार, असार ३२ २०८२
    स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई हाजिर नगराउन निर्देशन

    बझाङ, ३२ असार । बझाङस्थित थलारा गाउँपालिकाले स्वास्थ्य संस्थामा करार सेवामा कार्यरत कर्मचारीहरूलाई हाजिर नगराउन निर्देशन दिएको छ । 

    पालिकाले मङ्गलबार सार्वजनिक सूचना जारी गर्दै सबै स्वास्थ्य संस्था र वडा कार्यालयलाई हाजिर नगराउन निर्देशन दिएको हो ।

    images

    गाउँपालिकाको असार ३० गते बसेको बैठकको निर्णयअनुसार, हालै लागू भएको ‘सुदूरपश्चिम प्रदेश स्थानीय सेवा गठन तथा सञ्चालन ऐन, २०८१’ का प्रावधानका आधारमा करार सेवाको नवीकरण प्रक्रिया अगाडि नबढाएको हो ।

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रयागराज पाध्याद्वारा जारी सूचनामा सेवा अवधि नवीकरणको प्रक्रिया नहुने भएकाले वडा कार्यालय तथा स्वास्थ्य संस्थाहरूमा कार्यरत करार कर्मचारीहरूलाई हाजिर नगराउन सम्बन्धित वडा कार्यालय तथा स्वास्थ्य संस्थालाई निर्देशन दिएको हो ।

    हेरौं सूचना: 

    1752661238269.jpg
    undefined

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार