• आइतबार, १४ भदौ २०८३
  • images

    साउनदेखि जुनसुकै स्वास्थ्य संस्थाबाट बिमा मार्फत सेवा प्राप्त गर्न सक्ने 

    साउनदेखि जुनसुकै स्वास्थ्य संस्थाबाट बिमा मार्फत सेवा प्राप्त गर्न सक्ने 

    रिफर नचाहिने

    बिहीबार , असार १९ २०८२
    बिहीबार , असार १९ २०८२
    साउनदेखि जुनसुकै स्वास्थ्य संस्थाबाट बिमा मार्फत सेवा प्राप्त गर्न सक्ने 

    काठमाडौँ, १९ असार । साउन १ गतेदेखि बीमितले जुनसुकै सेवा प्रदायक स्वास्थ्य संस्थाबाट सेवा प्राप्त गर्न सक्ने भएका छन् । 

    बीमितबाट सेवा प्राप्त गर्न समस्या भएको गुनासो आएकोले सहज र सरल रूपमा सेवा प्रदान गर्न स्वास्थ्य बिमा बोर्डले यस्तो निर्णय गरेको हो ।

    बोर्डले आर्थिक वर्ष २०८२र८३ को सुरुवातसँगै साउन १ गतेदेखि लागु हुने गरी स्वास्थ्य प्रथम सेवा विन्दुको रूपमा काम गर्ने गरी अनुमति प्राप्त गरेका जुनसुकै सेवा प्रदायक स्वास्थ्य संस्थाबाट बिमितले सेवा प्राप्त गर्न सक्ने निर्णय भएको छ । 

    विगतमा बीमितले तोकिएको एक मात्र प्रथम सेवा विन्दुबाट सेवा लिनुपर्ने बाध्यता थियो । स्वास्थ्य बिमा ऐन, २०७४ तथा नियमावाली, २०७५ मा भएको संसोधन भएसँगै बीमितले जुनसुकै सेवा प्रदायक स्वास्थ्य संस्थाबाट सेवा प्राप्त गर्न सक्ने भएका छन् ।

     

    यस अघि बीमा गर्दा सुरुमा तोकिएकै प्रथम सेवा बिन्दुबाट मात्रै (आकस्मिक बाहेकको अवस्थांंमा सेवा लिनु पर्ने थियो । अन्य अस्पतालमा उपचारका लागि रेफर लैजानु पर्ने थियो। तर अब प्रथम सेवा बिन्दु तोकिएका जुनसुकै सरकारी सेवा प्रदायक स्वास्थ्य संस्थाबाट बीमितले सेवा प्राप्त गर्न सक्ने छन। 

    स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी विकेश मल्लले अब प्रथम सेवा विन्दु तोकिएका जुनसुकै सरकारी सेवा प्रदायक स्वास्थ्य संस्थामा गएर बीमितले सेवा लिन सक्ने बताउनुभयो । उहाँले  ती स्वास्थ्य संस्थाबाट अन्य अस्पतालका लागि रेफर बताउनुभयो। 


    स्वास्थ्य बीमा ऐन, २०७४ र नियमावली, २०७५ मा भएको संशोधनअनुसार, आगामी आ।व। २०८२र८३ को प्रारम्भसँगै मिति २०८२ सालको श्रावण १ गतेदेखि यो नयाँ व्यवस्था लागू हुने भएको हो।

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार