• आइतबार, १४ भदौ २०८३
  • images

    कर्मचारीको उपचार स्वास्थ्य बिमा बोर्डबाटै हुने

    कर्मचारीको उपचार स्वास्थ्य बिमा बोर्डबाटै हुने

    हट्यो सामाजिक सुरक्षा कोषसँगको आबद्धता

    बुधबार, भदौ १८ २०८२
    बुधबार, भदौ १८ २०८२
    कर्मचारीको  उपचार स्वास्थ्य बिमा बोर्डबाटै हुने

    काठमाडौं,१८ भदौ। अबदेखि निजामती कर्मचारीहरूले स्वास्थ्य उपचार सुविधा स्वास्थ्य बीमा बोर्डबाटै पाउने भएका छन् । 
    यसअघि सरकारले उक्त सुविधा सामजिक सुरक्षा कोषले गर्ने व्यवस्था गरेको थियो । 

    राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले निजामती सेवा विधेयकमा यस्तोव्यवस्था मिलाएको हो।

    राष्ट्रिय सभाले मसौदा विधेयकको दफा ५२ संशोधन गरेको छ । सरकारले सो दफामा निजामती कर्मचारी तथा कर्मचारीको परिवारका सदस्यको औषधी उपचारका लागि सामाजिक सुरक्षा कोषसँग आबद्ध गर्ने प्रस्ताव गरेको थियो । 

    राष्ट्रिय सभाले सामाजिक सुरक्षा कोषसँगको आबद्धता हटाएर स्वास्थ्य बिमा बोर्डसँग आबद्ध गर्ने व्यवस्था राखेको छ । 

     

    ‘नेपाल सरकारका निजामती कर्मचारी तथा निजामती कर्मचारीको परिवारको सदस्यको औषधि उपचारका लागि स्वास्थ्य बीमाासम्बन्धी प्रचलित कानुनबमोजिम स्थापना भएको स्वास्थ्य बीमाा बोर्डसँग आबद्ध गरी योगदानमा आधारित स्वास्थ्य बीमाा योजना लागू गर्ने’ व्यवस्था निजामती सेवा विधेयकमा उल्लेख गरिएको छ । 

    यसअघि निजामती सेवा विधेयकमा  सरकारका निजामती कर्मचारी तथा निजामती कर्मचारीको परिवारको सदस्यको औषधि उपचारका लागि प्रचलित कानुनबमोजिम स्थापना भएको सामाजिक सुरक्षा कोषसँग आबद्ध गरी योगदानमा आधारित स्वास्थ्य बीमाा योजना लागू गर्ने व्यवस्था’ गरिएको उल्लेख थियो।
    निजामती सेवा विधेयकबारे राष्ट्रिय सभाको विधायन व्यवस्थापन समिति बैठकमा छलफल गरिएको थियो। उक्त छलफलले निजामती कर्मचारी तथा निजामती कर्मचारीको परिवारको सदस्यको औषधि उपचारका लागि स्वास्थ्य बीमाासम्बन्धी प्रचलित कानुनबमोजिम स्थापना भएको स्वास्थ्य बीमा बोर्डसँग आबद्ध गरी योगदानमा आधारित स्वास्थ्य बीमाा योजना लागू गर्ने’ व्यवस्था गरेको हो।

    स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले राष्ट्रिय सभाको विधायन समितिमा निजामती सेवा विधेयकबारे छलफल हुँदा यसबारे चासो राख्नुभएको थियो । 

     मन्त्रालयका तर्फबाट पत्र नै पठाएर निजामती कर्मचारी र उनीहरूका परिवारका
    प्रतिनिधि सभाले पारित गरेको सामाजिक सुरक्षा कोषमार्फत निजामती कर्मचारी र तीनका परिवारलाई स्वास्थ्य बीमा योजना लागू गर्ने प्रावधानमा राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले फरक मत दिएको थियो ।

    समितिको आइतबारको बैठकले सो व्यवस्था हटाएर स्वास्थ्य बीमा बोर्डमार्फत नै बीमा सुविधा दिनुपर्ने निर्णय गरेको छ । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार