काठमाडौं, १८ चैत । सरकारले आज (सोमबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
मुस्लिम समुदायको चाड ईद उत्त फित्रको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
‘मिति २०८०/१०/२९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार इस्लाम धर्मावलम्बीहरूको पर्व ईद (ईद उत्त फित्र) का दिन सार्वजनिक बिदा दिने निर्णय भएको थियो । आज उक्त पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको हो ।
इद उल फितर मुस्लिम समुदायको महत्वपूर्ण चाड हो । यो चाड इस्लामिक पात्रोअनुसार नवौँ महिना रमजानभर गरिएको उपवास (रोजा) को समापनमा मनाइन्छ।
रोजाको दौरान मुस्लिम धर्मावलम्बीहरूले सूर्योदयदेखि सूर्यास्तसम्म भोजन, पानी तथा अन्य भौतिक सुख–सुविधाबाट टाढा रहन्छन् ।