• आइतबार, १४ भदौ २०८३
  • images

    स्वास्थ्य सेवा विभागका नवनियुक्त महानिर्देशक डा टंक बाराकोटीद्वारा पदबहाली

    स्वास्थ्य सेवा विभागका नवनियुक्त महानिर्देशक डा टंक बाराकोटीद्वारा पदबहाली

    शुक्रबार, चैत १ २०८१
    शुक्रबार, चैत १ २०८१
    स्वास्थ्य सेवा विभागका नवनियुक्त महानिर्देशक डा टंक बाराकोटीद्वारा पदबहाली

    काठमाडौं, १ चैत । स्वास्थ्य सेवा विभागको नवनियुक्त  महानिर्देशक डा टंक बाराकोटीले पदबहाली गर्नुभएको छ ।
     डा बाराकोटीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रिस्तरीय निर्णय गर्दै महानिर्देशकको जिम्मेवारी दिनुभएको थियो ।
    डा बाराकोटी  मन्त्रालयमा १२औं तहमा अतिरिक्त सचिवमा कार्यरत हुनुहुन्थ्यो ।

    स्वास्थ्य विभागमा महानिर्देशक पदमा कार्यरत  डा विकास देवकोटा सचिवमा बढुवा भएपछि उक्त पद रिक्त थियो।
     डा बाराकोटी  मेडिकल अधिकृतदेखि विभिन्न जिल्लाको निर्देशक समेत भइसक्नुभएको छ ।
     उहाँ लामो समय मेची अस्पतालमा प्रमुख मेसु पदमा काम गर्नुभएको थियो ।
     उहाँ  १२औं तह बढुवा भएपछि स्वास्थ्य  मन्त्रालयमा आउनुभएको हो ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार