औषधि व्यवस्था विभागमा ढकाल र भट्टराईबीच कुर्सीको लडाँइ
काठमाडौ । आईतबार बिहान औषधि व्यवस्था विभागमा अचम्मको दृष्य देखियो ।
केही औषधि व्यवसायीहरु आइतबार विहानै औषधि व्यवस्था विभागका नयाँ महानिर्देशक भरत भट्टराईलाई बधाई दिन विभाग पुगेका थिए । तर उनीहरुले बधाई दिन पाएनन् । केहीबेर उनीहरु बाहिरै बसिरहे । भित्र महानिर्देशकको कोठा अगाडी पुगेपछि महानिर्देशकको भित्र भनाभन सुने । त्यो भनाभन औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल र गत २५ गते स्वास्थ्य मन्त्रालयले महानिर्देशकमा नियुक्त भएका भरत भट्टराईबीच थियो ।
भट्टराई आफूलाई महानिर्देशक बनाएको पत्रसहित औषधि व्यवस्था विभाग पुग्नुभएको थियो । तर नारायण ढकालले कुर्सी नछोडेपछि भरत भट्टराई स्वास्थ्य मन्त्रालय आउनुभयो । केह ीऔषधि व्यवसायीहरु दुइजनाको कर्सी मोहको रमिते बन्न पुगेका थिए ।
तपाईले पत्र लिएर आएपनि भरत भट्टराईलाई कुसी दिनुभएन छ नि भनेर प्रश्न गर्दा नारायण ढकालले आफू कानुन अनुसार काम गर्ने बताउनुभयो । उहाँले मलाई स्वास्थ्य मन्त्रालयले कुनै पत्र दिएको छैन त्यत्तिकै मिडियाको पछि लागेर कुर्सी छोड्ने कुरा भएन नि भन्दै प्रतिप्रश्न गर्नुभयो । मैले कुर्सी छोड्न त मलाई विभागबाट हटाएको पत्र आउनुप¥यो भन्ने जवाफ ढकालको थियो ।
यता भर्खरै नियुक्त हुनुभएका महानिर्देशक भरत भट्टराईले आफूलाई नारायण ढकालले महानिर्देशकको कुर्सी नछोडेपछि मन्त्रालय आएको सुनाउनुभयो । म यो विषयमा कुरा राख्न मन्त्रालय आएको छु,उहाँले कुर्सी छोड्नु भएन ।
आइतबार विभागमा दुई जना महानिर्देशकले हाजिर गर्नुभएको छ ।