• आइतबार, १४ भदौ २०८३
  • images

    महानिर्देशक डा. आरपी बिच्छाको दुई बर्ष म्याद थप गर्ने निर्णय

    महानिर्देशक डा. आरपी बिच्छाको दुई बर्ष म्याद थप गर्ने निर्णय

    हेल्दीखबर
    मंगलबार, असोज १९ २०७८
    हेल्दीखबर
    मंगलबार, असोज १९ २०७८
    महानिर्देशक डा. आरपी बिच्छाको दुई बर्ष म्याद थप गर्ने निर्णय


    काठमाडौ । मन्त्रीपरिषदले स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा आरपी विच्छाको दुई बर्ष म्याद थप गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयबाट गएको प्रस्ताव अनुसार दुई बर्ष म्याद थप गर्ने निर्णय गरेको हो । 

     विच्छाले म्याद थपको इच्छा गर्दै निवेदन दिएपछि मन्त्रालयले स्वास्थ्य सेवा ऐन २०५३ को दफा ४५ को उपदफा २ लाई टेकेर म्याद थप गर्न मन्त्रिपरिषदमा प्रस्ताव पठाएको थियो ।

    सो उपदफामा ‘उपदफा १ मा जुनसुकै कुरा लेखिएको भएपनि नेपाल सरकारलाई विशेषज्ञ सेवा अत्यावश्यक भएमा ६० बर्ष पुरा भई अत्यावश्यक हुने कर्मचारीलाई बढीमा तीन बर्षको अवधी थप्न सक्नेछ । 

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार