काठमाडौं,२४ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीहरूको कार्य सम्पादन मूल्यांकन (कासमू) विवरण तत्काल पठाउन निर्देशन दिएको छ।
मन्त्रालयले एक सूचना प्रकाशित गर्दै मातहतका निकायलाई कार्यसम्पादन मुल्यांकन भरेर तोकिएको समयमा मन्त्रालयमा पठाउन निर्देशन दिएको हो ।
विभिन्न विभाग, संघीय अस्पताल, तालिम केन्द्र र प्रयोगशालाहरुलाई कासमु फारम भरेर तोकिएकै समयमै मन्त्रालयमा पठाउन निर्देशन पत्राचार गरेको छ।
२३ असारमा सचिवस्तरीय निर्णय गर्दै आर्थिक वर्ष २०७७र०७८ को कार्यसम्पादन मुल्यांकन भर्ने र मुल्यांकन व्यवस्था गर्न जारी सूचनामा उल्लेख गरिएको छ।
मन्त्रालयले तोकिएको समय भित्रै फारम भरेर नपठाएमा दर्ता र मूल्यांकन गर्न बाध्य नहुने बताएको छ । 