धरान, २६ कात्तिक । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अङ्गदानलाइ प्रोत्साहित गर्नुपर्ने बताएका छन् ।
सोमबार धरान उपमहानगरपालिकाको पार्टी कार्यालयमा कार्यकर्ताहरुसँगको भेटमा पौडेलले अङ्गदानलाइ प्रोत्साहन गराउन सके धेरै मानिसले नयाँ जीवन पाउने बताए ।
उनले ब्रेनडेथले मानिसहरुलाई नयाँ जीवन दिने बताए ।
उनले परिवारले अङ्ग दिने भनी जुन अस्पतालले खबर गर्छ उक्त अस्पताललाई पनि ७५ हजार दिने व्यवस्था रहेको जानकारी दिए ।
उनले यसका लागी सुरुमा अङ्ग सङ्कलन गर्ने र अङ्ग चाहिनेले निवेदन दिने र पहिले निवेदन दिनेलाई शुरुमा अङ्ग प्रत्यारोपण गर्ने बताए ।
मानिसको मृत्यु भएको २४ घण्टासम्म मानिसको आँखा, मुटु, किट्नी, फोक्सो, कलेजो लगायत जीवित रहन्छ त्यसलाई निकालियो भने अर्कोमा प्रत्यारोपण गर्न मिल्छ ।
परिवारले स्वीकृत दिएमा परिवारलाई २ लाख सरकारले दिने व्यवस्था गरेको छ । “यसको लागि निर्णय गरेर पठाएका पौडेलले सुनाए ।
यसैसँगै आफ्नो अंग दान गरी पुण्य गर्न चाहेमा सरकारलाई निवेदन दिएर आफ्नो अंग दान गर्ने नियम बनाउन लागी परेको मन्त्री पौडेलले बताए । आगामी दुई महिनामा डब्लुएचओबाट ३५ प्रकारको औंषधी ल्याई १४ वर्षको बालबालिकाहरुलाई निशुल्क दिने प्रकृया सुरु गर्ने बताए ।
“मङ्सिरदेखि १४ वर्ष मुनिका बालबालिकाहरुलाई ४ अस्पतालमा निशुल्क क्यान्सर उपचार गराउन सुरु गर्ने उनको भनाइ छ।
यसैगरी मुटु रोगको उपचार र प्रत्यारोपणको प्रक्रियाको ७ वटै प्रदेशमा गराउने उदेश्य रहेकोले लागी परेको मन्त्री पौडेलले बताए ।