• मंगलबार, २७ असोज २०८३
  • images

    बागमती प्रदेशमा एक विद्यालय एक नर्स कार्यक्रमलाई निरन्तरता

    बागमती प्रदेशमा एक विद्यालय एक नर्स कार्यक्रमलाई निरन्तरता

    सोमबार, जेठ २१ २०८१
    सोमबार, जेठ २१ २०८१
    बागमती प्रदेशमा एक विद्यालय एक नर्स कार्यक्रमलाई निरन्तरता

    हेटौँडा २१ जेठ । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम बागमती प्रदेश सभा बैठकबाट बहुमतले स्वीकृत भएको छ। 

    सोमबार बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले सम्बोधन गरेको  प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित गर्न मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सभाको बैठकमा राखेको प्रस्तावलाई प्रदेश सभाले बहुमतले स्वीकृत गरेको हो।

    नीति तथा कार्यक्रममा एक माध्यमिक विद्यालय एक नर्स कार्यक्रमलाई निरन्तरता दिइएको छ। यस्तै स्थानीय तहसँगको समन्वयमा विद्यालय नर्सले दिने सेवालाई समुदायस्तरमा विस्तार गरिने उल्लेख छ।
     

    मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमलाई थप परिष्कृत गर्दै अटिजम, हेमोफिलिया, सिक्कलसेल एनिमिया, थालासेमिया लगायतका अनुवांशिक एवं जन्मजात स्वास्थ्य समस्या र उमेरसापेक्ष विकाससँग सम्बन्धित रोगहरुको निःशुल्क परीक्षणको व्यवस्था मिलाइने, मेरो स्वास्थ्य, मेरो जिम्मेवारी अभियानका साथ स्वास्थ्य परीक्षणसहित निरोधात्मक तथा उपचारात्मक सेवालाई बिस्तार गरिने, सत्तरी वर्षभन्दा माथिका विपन्न ज्येष्ठ नागरिकलाई निमोनियाको खोप निःशुल्क उपलब्ध गराउने व्यवस्था मिलाइने उल्लेख छ। 

    आयुर्वेद, प्राकृतिक चिकित्सा, होमियोप्याथीजस्ता वैकल्पिक चिकित्सा प्रणालीलाई प्रवर्द्धन र बिस्तार गर्दै लगिनेछ। प्रदेशलाई आयुर्वेदिक औषधिमा आत्मनिर्भर बनाउन GMP (Good Manufacturing Practices) मापदण्ड अनुसारको औषधि उत्पादन गरिने उल्लेख छ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार