• बुधबार, ४ कात्तिक २०८३
  • images

    फार्मेसी काउन्सिलको निर्देशन नमान्ने कलेजका विद्यार्थीको लाईसेन्स परीक्षा रोक्ने

    फार्मेसी काउन्सिलको निर्देशन नमान्ने कलेजका विद्यार्थीको लाईसेन्स परीक्षा रोक्ने

    आइतबार, जेठ ६ २०८१
    आइतबार, जेठ ६ २०८१
    फार्मेसी काउन्सिलको निर्देशन नमान्ने कलेजका विद्यार्थीको लाईसेन्स परीक्षा रोक्ने

    काठमाडौँ, ६ जेठ ।  नेपाल फार्मेसी काउन्सिलको निर्देशन नमान्ने फार्मेसी कलेजका विद्यार्थीहरुको नाम दर्ता (लाइसेन्स) परीक्षा रोक्ने भएको छ । 

    कलेज प्रशासनले पठाउनु पर्ने उत्तीर्ण विद्यार्थीहरुको विवरण लामो समय देखि नपठाएको तथा डी फार्मेसी र बी फार्मेसीका विद्यार्थीको बुझाउनु पर्ने पञ्जीकरण शुल्क लामो समय देखि नतिरेको भन्दै यस्तो चेतावनी दिएको हो ।

    images


    काउन्सिलले विवरण नबुझाएका कलेजहरुलाई तत्काल विवरण बुझाउनु भनेर ३० जेठ २०७९ मा सूचना जारी गरेको थियो । यस्तै पञ्जीकरण शुल्क तिर्नु भनेर २० असार २०८० मा अर्को सूचना जारी गरेको थियो । तर कतिपय कलेजहरुले त्यसबेला देखिको सूचनाको वेवास्ता गर्दै आएका छन् ।


    काउन्सिलका रजिष्ट्रार सञ्जीव कुमार पाण्डेले यसरी काउन्सिलको निर्देशनको व्यवस्था गर्ने कलेजहरुका विद्यार्थीको परीक्षा लिन काउन्सिल बाध्य नहुने बताए ।

    उनले भने, ‘धेरैले त निर्देशनको पालना गरेकै छन् । केही कलेजहरुलाई जति भने पनि अटेरी गरिरहे । हामीले पनि अब उनीहरुका विद्यार्थीहरुको परीक्षा सकिन्छ नि, अब तत्काल निर्देशनको पालना नगरे हामीले सोही कदम चाल्नेछौँ । त्यसैको जानकारी गराएका हौँ।’

    काउन्सिलले डि फार्मेसीको प्रति विद्यार्थी १ हजार र बी फार्मेसीको प्रतिविद्यार्थी ३ हजार रुपैयाँ पञ्जीकरण शुल्क लिने गरेको छ ।

    ‘अटेरी गर्ने कलेजहरुलाई यो अवसर दिइएको हो । अब तत्काल निर्देशनको पालना नगरे काउन्सिल कडा रुपमा अघि बढ्छ । अहिले नै स्पष्ट रुपमा जानकारी गराईएको हो,’ रजिष्ट्रार पाण्डेले भने ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार