• आइतबार, १४ भदौ २०८३
  • images

    मणिपाल मेडिकल कलेज विक्रिवितरणबारे संसदीय चासो

    मणिपाल मेडिकल कलेज विक्रिवितरणबारे संसदीय चासो

    हेल्दीखबर
    आइतबार, असोज १० २०७८
    हेल्दीखबर
    आइतबार, असोज १० २०७८
    मणिपाल मेडिकल कलेज विक्रिवितरणबारे संसदीय चासो


    काठमाडौं  । संसदको शिक्षा तथा स्वास्थ्य समितिले पोखरास्थित मणिपाल मेडिकल कलेज बिक्री भएकोबारे चासो दिएको छ । समितिले उक्त विषयमा सरकारलाई जानकारी गराउन निर्देशन दिएको छ । आइतबार सिंहदरबारमा बसेको संसदको शिक्षा तथा स्वास्थ्य समितिले मणिपाल कलेज बिक्री भएको भन्ने समाचार आएकोले सो विषयमा सत्यतथ्य बुझी जानकारी दिन निर्देशन दिएको हो । 
    समितिको बैठकले मणिपाल मेडिकल कलेजबारे सत्यतथ्य बुझि जानकारी गराउन निर्देशन दिउको हो । 
    समितिले सरकार र मणिपाल मेडिकल कलेजबीच भएको सम्झौतापत्र समितिलाई उपलवध गराउन समेत निर्देशन दिएको छ ।समितिको सभापति जयपुरी घर्तीले मणिपाल मेडिकल कलेज लगायत अन्य विषयमा पनि छलफल भएको जानकारी दिनुभयो । उहाँले चीनमा अध्ययन गर्न गएका विद्यार्थीहरु कोभिडका कारण नेपाल आइ अनलाईन कक्षा पढिरहेको र नेपाल सरकारले चीनसंग कुटनीतिक पहल गरी उनीहरुलाई पठाउने व्यवस्थ ागर्न पनि आग्रह गर्ने निर्णय भएको बताउनुभयो । 
    बैठकले सरकारले विद्यार्थीहरुलाई तत्काल पठाउन नसक्ने अवस्थामा प्रयोगात्मक परिक्षाको व्यवस्था मिलाउन आग्रह गरेको छ । सभापति घर्तिले जापान अध्ययन गर्नका लागि नो अब्जेसन सर्टिफिकेट दिएको र जापान सरकारले पनि सर्टिफिकेट अफ इन्ट्री दिएका तथा भिषा पाएका विद्यार्थीलाई पठाउन पहल गर्नका लागि पनि आग्रह गरेको बताउनुभयो । 
    चीनमा अध्ययन गरेका २०१४ व्याजका विद्यार्थीलाई नेपाल मेडिकल काउन्सिलले नेपालमै इन्टर्नसिप गर्ने व्यवस्था गरेपनि व्याज २०१५ र ०१६ का विद्यार्थीलाई पनि नेपालमै इन्टर्न गर्नका लागि व्यवस्था गर्न निर्देशन दिएको छ । 

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार