• सोमबार, १५ भदौ २०८३
  • images

    खोप प्रमाणिकरण गर्दा शुल्क नलिन निर्देशन

    खोप प्रमाणिकरण गर्दा शुल्क नलिन निर्देशन

    हेल्दीखबर
    आइतबार, साउन १७ २०७८
    हेल्दीखबर
    आइतबार, साउन १७ २०७८
    खोप प्रमाणिकरण गर्दा शुल्क नलिन निर्देशन
    स्वास्थ्य मन्त्रालय


    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र दिँदा कुनैपनि प्रकारको शुल्क नलिन निर्देशन दिएको छ । विदेश जानेहरुका लागि खोप प्रमाणित गर्दा शुल्क लिएपछि मन्त्रालयले यस्तो निर्देशन दिएको हो । 
      स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार खोप लगाएको प्रमाणीकरण कार्यका लागि शुल्क लिएपछि निशुल्क खोप प्रमाणिकरण गर्न निर्देशन दिएको हो । वैदेशिक रोजगारी एवं अन्य कामका लागि अन्तर्राष्ट्रिय यात्रा गर्नुपर्ने नागरिकका लागि सरकारले खोप लगाएको प्रमाणपत्र दिदै आएको छ ।
     सरकारले निस्शुल्क गर्ने भनिएको खोप प्रमाणीकरण प्रक्रियामा तोकिएका केही अस्पतालहरूले शुल्क लिएको पाइएपछि मन्त्रालयले कुनै प्रकारको अतिरिक्त शुल्क नलिन निर्देशन दिएको हो । गत साउन ७ गते खोप प्रमाणीकरण निशुल्क गरिने निर्णय भएपछि मन्त्रालयले तोकिएका अस्पतालले शुल्क लिने गरेका थिए । 
      सरकाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल, सशस्त्र प्रहरी अस्पताल र निजामती कर्मचारी अस्पताललाई खोप लगाएको प्रमाणपत्र दिनका लागि तोकेको छ । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार