• आइतबार, १४ भदौ २०८३
  • images

    अक्सिजन प्लान्ट विष्फोटको छानबिन गर्न निर्देशन

    अक्सिजन प्लान्ट विष्फोटको छानबिन गर्न निर्देशन

    हेल्दीखबर
    बिहीबार , वैशाख ८ २०७९
    हेल्दीखबर
    बिहीबार , वैशाख ८ २०७९
    अक्सिजन प्लान्ट विष्फोटको छानबिन गर्न निर्देशन


    काठमाडौं । ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा भएको विष्फोटको छानबिन हुने भएको छ । 
    गृहमन्त्री बालकृष्ण खाणले उक्त घटना छानविन गर्न निर्देशन दिनुभएको छ ।

    गृहमन्त्री खाणले गृहसचिव टेकनारायण पाण्डे, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनोद पोखरेल र सशस्त्र प्रहरीका ललितपुर प्रमुख उपरीक्षक विकास घिमिरेलाई  घाइतेको तत्काल उद्धार गर्न र घटनाको छानबिन निर्देशन दिनुभएको हो ।

    मृत्यु हुनेमा भारतीय नागरिक बृज कुमार महतो रहेको र बाँकी सात जना घाइते मध्ये एक जना अवस्था गम्भिर रहेको ललितपुरका एसपी सिद्धिविक्रम शाहले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।अक्सिजन प्लान्ट विस्फोट हुँदा एकजनाको मृत्यु भएको थियो भने सात जना घाइते भएका थिए । 
    घाइतेहरुको पाटन अस्पताल र विएण्डवि अस्पतालमा उपचारका लागि ल्याइएको छ । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार