• बुधबार, ४ कात्तिक २०८३
  • images

    फार्मेसी काउन्सिलको नक्कली कागजात बनाउने व्यक्ति पक्राउ

    फार्मेसी काउन्सिलको नक्कली कागजात बनाउने व्यक्ति पक्राउ

    बुधबार, भदौ २३ २०७८
    बुधबार, भदौ २३ २०७८
    फार्मेसी काउन्सिलको नक्कली कागजात बनाउने व्यक्ति पक्राउ


    काठमाडौं । नक्कली कागजात बनाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरी परिसर ललितपुरको टोलीले कुपण्डोलस्थित यूएन पार्कबाट बागलुङ बाँडगार्ड गाउँपालिका–९ बस्ने ३२ वर्षीय युद्धबहादुर केसीलाई पक्राउ गरेको हो।
    उनमाथि नेपाल तथा भारतका विभिन्न फार्मेसी तथा मेडिकल कलेजबाट फार्मेसी विषय लिएर डिप्लोमा तह उत्तीर्ण गरेको प्रमाणपत्र बनाइ नेपाल फार्मेसी काउन्सिलमा दर्ता भएको नक्कली कागजातसमेत बनाइदिने, नक्कली लाइसेन्स, परीक्षा प्रवेश पत्रलगायतका नक्कली प्रमाणपत्र तथा जाली कागजात बनाउने कार्यमा संलग्न रहेको आरोप छ। 
    केसीलाई लिखतसम्बन्धी कसुरमा जिल्ला अदालत पाटनबाट सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार