• बिहीबार , ५ कात्तिक २०८३
  • images

    खस्किदै फार्मेसी शिक्षा, लाईसेन्स परीक्षामा ७४ प्रतिशत फेल

    खस्किदै फार्मेसी शिक्षा, लाईसेन्स परीक्षामा ७४ प्रतिशत फेल

    हेल्दीखबर
    शनिबार, जेठ २८ २०७९
    हेल्दीखबर
    शनिबार, जेठ २८ २०७९
    खस्किदै फार्मेसी शिक्षा, लाईसेन्स परीक्षामा ७४ प्रतिशत फेल


    काठमाडौ । नेपालमा फार्मेसी शिक्षा खस्कदै गएको छ । 
    पछिल्लो पटक फार्मेसी काउन्सिलले लिएको फार्मेसी तर्फको १९ औं नाम दर्ता (लाईसेन्स) परीक्षाको नतिजाले पनि फार्मेसी शिक्षा खस्कदै गएको देखाएको छ । 
    नेपाल फार्मेसी परिषदले लिएको लाइसेन्स परीक्षामा  ७४ प्रतिशत परीक्षार्थी फेला भएका छन् ।  शनिबार लिएको परीक्षामा  ७८७ जना सहभागिमध्ये  २०४ जनामात्र पास भएका छन् । 
    लाइसेन्स परीक्षामा सहभागीमध्ये  २५ दशमलव ९५ प्रतिशत मात्र पास हुन सफल भएका छन् । 
    नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानमा शनिबार सम्पन्न भएको थियो । परीक्षाका लागि ८६८ जना योग्य भएपनि ८१ जना भने अनुपस्थित रहेका थिए ।

    images

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार