• मंगलबार, २७ असोज २०८३
  • images

    ‘ट्रामाडोल’ र ‘टापेन्टाडोल’लाई मनोद्दीपक औषधिको सूचीमा समावेश गर्ने  निर्णय

    ‘ट्रामाडोल’ र ‘टापेन्टाडोल’लाई मनोद्दीपक औषधिको सूचीमा समावेश गर्ने  निर्णय

    शुक्रबार, वैशाख २८ २०८१
    शुक्रबार, वैशाख २८ २०८१
    ‘ट्रामाडोल’ र ‘टापेन्टाडोल’लाई मनोद्दीपक औषधिको सूचीमा समावेश गर्ने  निर्णय

    काठमाडौँ, २८ बैशाख ।  सरकारले ट्रामाडोल र टापेन्टाडोल औषधिलाई मनोद्दीपक औषधिको सूचीमा समावेश गरको छ ।
     गृह मन्त्रालयको प्रस्तावमा बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले यी दुई औषधिलाई मनोद्दीपक औषधिको सूचीमा समावेश गर्ने निर्णय गरेको हो ।

    दुखाई कम गर्ने औषधिको रुपमा चिनिएको यी दुई औषधिहरुका एकल वा समिश्रण औषधिहरुलाई लागू औषध (नियन्त्रण) ऐन २०३३ को दफा ३ को खण्ड (क) को उपखण्ड ७ बमोजिम मनोद्दीपक औषधिको सूचीमा समावेश गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिईन् । दुखाई कम गर्ने यी औषधिहरुको दुरुपयोग बढी हुने गरेको छ ।  औषधिहरुको दुरुपयोग भएमा अव सिधै प्रहरीले लागू औषध (नियन्त्रण) ऐन बमोजिम कारबाही अघि बढाउन सक्ने छ । यस्ता औषधि डाक्टरको प्रेस्किप्सन विना विक्रि बितरण गर्न मिल्दैन । 

    तर, ‘पहिले यसको दुरुपयोग हुँदा औषधि ऐन अनुसार कार्वाही गर्नु पर्दथ्यो अब चाहि लागू औषध (नियन्त्रण) ऐन २०३३ अनुसार हुने छ । 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार