• सोमबार, २ कात्तिक २०८३
  • images

    स्नातक र पीसीएल तहको नर्सिङ शिक्षा एउटै संस्थाबाट सञ्चालन हुने

    स्नातक र पीसीएल तहको नर्सिङ शिक्षा एउटै संस्थाबाट सञ्चालन हुने

    मेडिकल कलेजलाई राहत

    शुक्रबार, चैत ९ २०८०
    शुक्रबार, चैत ९ २०८०
    स्नातक र पीसीएल तहको नर्सिङ शिक्षा एउटै संस्थाबाट सञ्चालन हुने

     

    काठमाडौँ, ९ चैत । प्रविणता प्रमाणपत्र तह (पीसीएल)  र स्नातक तहका नर्सिङ कार्यक्रम एकै संस्थामा सञ्चालन गर्न पाइने भएको छ । 
     
    चिकित्सा शिक्षा आयोगको शुक्रबार बसको बैठकले एउटै संस्थाबाट उक्त कार्यक्रम सञ्चालन गर्न सकिने अध्ययन प्रतिवेदनको सुझाव कार्यान्वयनमा लैजाने निर्णय गरको हो।
    यो निर्णयसंगै मेडिकल कलेजहरुलाई भने राहत मिल्ने भएको छ । 

    images

    नर्सिङ विधाको अध्ययन गर्न गठित कार्यदलको प्रतिवेदनमा नर्सिङको प्रमाणपत्र तह र स्नातक तहको अध्यापन र प्रयोगात्मक अभ्यास एउटै संस्थारअस्पतालमा सञ्चालन गर्न सकिने सुझाव दिइएको छ।


    तीन वर्षअघिसम्म नेपालका मेडिकल कलेजहरुमा प्रवीणता प्रमाणपत्र तह (पीसीएल)को नर्सिङ कार्यक्रम सञ्चालनमा थिए। मेडिकल कलेजले पीसीएलसहित त्योभन्दा माथिल्लो तह स्नातक र स्नातकोत्तर तहमा समेत नर्सिङ कार्यक्रममा पठनपाठन गर्दै आइरहेका थिए।

    तर २०७८ मंसिरदेखि भने मेडिकल कलेजहरुले पिसिएल तहमा नर्सिङ कार्यक्रम सञ्चालन गरेका छैनन्। चिकित्सा शिक्षा आयोगको निर्णय अनुसार पीसीएल तहको कार्यक्रम सञ्चालन गर्न नपाएका हुन्। आयोगले चिकित्सा शिक्षा ऐनको दफा ४२ अनुसार पीसीएल कार्यक्रम सञ्चालनमा रोक लगाएको थियो।

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार