काठमाडौं,२३ फागुन । चिकित्सा शिक्षा आयोगले आगामी शैक्षिक सत्रका लागि नर्सिङ स्नातक तहमा दुई हजार ८२५ सिट निर्धारण गरेको छ।
आयोगको १४ फागुनको बैठकले चिकित्सा शास्त्रको स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुको सिट निर्धारण गरेर बाँडफाँड गर्दा बिएस्सी नर्सिङमा २८२५ सिट निर्धारण गरेको हो।
आयोगले विभिन्न सरकारी तथा निजी कलेजलाई बाँडफाँड गरेको हो । आयोगका अनुसार बिएनएसतर्फ १३१० सिट निर्धारण गरेको छ। विभिन्न सरकारी तथा निजी कलेजलाई बाँडफाँड गरेको छ । यसैगरी, बिएस्सी नर्सिङतर्फ १३८५ सिट र बी मिडवाइफ्रीतर्फ १३० सिट निर्धारण गरेको छ।
आयोगले एमबीबीएसका लागि १८९५ सिट बाँडफाँड गरेकोे छ । यसैगरी, बिडिएसतर्फ ५६० सिट बाँडफाँड गरेको हो । बी पर्फयुजन टेक्नोलोजीतर्फ ५ सिट र बिएमएमएसतर्फ ८० सिट निर्धारण गरेर बाँडफाँड गरेको छ । यसैगरी, बीएएसएलपीतर्फ ६ सिट, बी अप्थाल्मोलोजीतर्फ ७० सिट, बिपिएचतर्फ ८४० सिट निर्धारण गरेर विभिन्न शैक्षिक संस्थालाई बाँडफाँड गरेको छ । आयोगले बी फर्मातर्फ ८१५ सिट, विपीटीतर्फ १४० सिट, बीएसएमआईटीतर्फ ७७ सिट, बीएसएमएलटीतर्फ ३८१ सिट बाँडफाँड गरिएको छ ।