• शनिबार, १ कात्तिक २०८३
  • images

    नर्सिङ शिक्षा सुधारका लागि कार्यदल गठन

    नर्सिङ शिक्षा सुधारका लागि कार्यदल गठन

    हेल्दीखबर
    बुधबार, कात्तिक २२ २०८०
    हेल्दीखबर
    बुधबार, कात्तिक २२ २०८०
    नर्सिङ शिक्षा सुधारका लागि कार्यदल गठन

    काठमाडौं, २२ कार्तिक । चिकित्सा शिक्षा आयोगले नर्सिङ शिक्षा सुधारका लागि कार्यदल गठन गरेको छ।

    पछिल्लो समयमा नर्सिङ शिक्षामा देखा परेका समस्या तथा गुनासा र त्यसको समाधानको उपाय खोज्न कार्यदल गठन गरिएको हो ।

    images

    चिकित्सा शिक्षा आयोगले सात सदस्यीय कार्यदल गठन गरेको हो। आयोगको मंगलबार बसेको कार्यकारी समितिले आयोगको मापदण्ड तथा प्रत्यायन निर्देशनालयका निर्देशकको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको हो । 
    आयोगको मापदण्ड तथा प्रत्यायन निर्देशनालयका निर्देशकमा डा. दिलिप शर्मा रहेका छन् ।

    आयोगका उपाध्यक्ष प्राडा अन्जनीकुमार झाका अनुसार कार्यदलमा नेपाल नर्सिङ काउन्सिलको अध्यक्ष, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी एघारौं तहकी हिरादेवी निरौला, चिकित्सा शास्त्र अध्ययन संस्थान नर्सिङ क्याम्पसकी प्रिन्सिपल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानकी नर्सिङ प्रिन्सिपल, काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सको नर्सिङ निर्देशक सदस्य रहेका छन्। आयोगको अधिकृतस्तरको कर्मचारी कार्यदलको सदस्य सचिव हुनेछ ।

     आयोगका उपाध्यक्ष प्राडा झाले सांसददेखि विभिन्न सरोकारवाला निकायबाट यस विषयमा गुनासो आएपछि समस्या समाधानका उपाय खोज्न र सुझाब लिन कार्यदल गठन गरिएको जानकारी दिए।

    कार्यदलले नर्सिङ विधाको अध्ययन र अध्यापनमा प्रयोगात्मक कार्य/अभ्यास, आवश्यक भौतिक पूर्वाधार, जनशक्ति व्यवस्थापन, आवश्यक शैक्षिक न्यूनतम योग्यता निर्धारण, प्रमाणपत्र तह र स्नातक वा सोभन्दा माथिका एक भन्दा बढी शैक्षिक कार्यक्रम एउटै संस्थामा सञ्चालन गर्ने सम्बन्धमा कार्यदलले काम गर्ने छ।

    चिकित्सा शिक्षा ऐन आएपछि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सीटीईभीटी)को पिसिएल नर्सिङ कार्यक्रम सञ्चालन गरेका कलेजले विश्वविद्यालयका स्नातक र सोभन्दा माथिल्लो तहका कार्यक्रम सञ्चालन गर्न पाउने छैनन् ।
    यस्तै  विश्वविद्यालयका कार्यक्रम सञ्चालन गर्नेले सीटीईभीटीका कार्यक्रम चलाउन नपाउने व्यवस्था लागू भएको छ। कलेजहरुले उक्त व्यवस्था संसोधनको माग गर्दै आइरहेका छन्।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार