• आइतबार, १ कात्तिक २०८३
  • images

    पिसिएल नर्सिङमा भर्ना खुल्यो, ४५ वटा कलेजलाई मात्र नर्सिङ पढाउन स्वीकृति

    पिसिएल नर्सिङमा भर्ना खुल्यो, ४५ वटा कलेजलाई मात्र नर्सिङ पढाउन स्वीकृति

    हेल्दीखबर
    बुधबार, मंसिर ८ २०७८
    हेल्दीखबर
    बुधबार, मंसिर ८ २०७८
    पिसिएल नर्सिङमा भर्ना खुल्यो, ४५ वटा कलेजलाई मात्र नर्सिङ पढाउन स्वीकृति


    काठमाडौ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) ले  नर्सिङमा प्रमाणपत्र तहका लागि विद्यार्थी भर्न खुला गरेको छ। सिटिइभिटीले आज गोरखापत्रमा सूचना प्रकाशित गर्दै विद्यार्थीलाई आफूले अध्ययन गर्न चाहेको शिक्षण संस्थामा मंसिर २८ गतेभित्र आवेदन दिन सूचना जारी गरेको छ। 

    सिटिइभिटीले पूर्ण शुल्कमा पढ्न चाहने र छात्रवृत्तिमा पढ्न चाहने विद्यार्थीलाई २८ गतेभित्र सिटिइभिटीमा आवेदन दिन सक्नेछन् । 

    images


    सिटिइभिटीले यो पटक चिकित्सा शिक्षा ऐन अनुसार मापदण्ड पुगेका ४५ कलेजलाई मात्र अध्यापनको अनुमति दिएको छ। यी सबै कलेजमा गरी सिटिइभिटीले करिब १६०० सिट छुट्याएको छ।
    सिटिइभिटिले यो पटक ४५ वटा कलेजलाई मात्र नर्सिङ अध्यापनको लागि स्वीकृति दिएको छ । यसअिघि ५० बेड अस्पताललाई नर्सिङ पठाउन अनुमति दिएपनि यो पटक कम्तिमा एकसय बेड भइ अस्पताल सञ्चालन गरेका कलेजलाई मात्र नर्सिङ पढाउन सक्नेछन् । 

    आंगिक र साझेदारीका ४ वटा र ४१ वटा निजी नर्सिङ कलेजले पिसिएल नर्सिङ अध्ययनका लागि अनुमति पाएका हुन्। सिटिइभिटीले कलेजको नाम आज सार्वजनिक गर्ने जनाएको छ।
     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार