• सोमबार, २ कात्तिक २०८३
  • images

     ओम हेल्थ क्याम्पसले पिसिएल नर्सिङ पढाउन नपाउने

     ओम हेल्थ क्याम्पसले पिसिएल नर्सिङ पढाउन नपाउने

    हेल्दीखबर
    बिहीबार , मंसिर १६ २०७८
    हेल्दीखबर
    बिहीबार , मंसिर १६ २०७८
     ओम हेल्थ क्याम्पसले पिसिएल नर्सिङ पढाउन नपाउने

     काठमाडौं ।   चिकित्सा शिक्षा आयोगले चाबहिलस्थति ओम हेल्थ क्याम्पसले समेत पिसिएल नर्सिङ कार्यक्रम संचालन गर्न नपाउने जानकारी दिएको छ।  ओम हेल्थ क्याम्पसले विश्व विधालय अन्तरगतको कार्यक्रम संचालन गरेकोले आयोगले पिसिएल नर्सिङ भर्ना गर्न नपाउने ब्यबस्था गरेको हो। आयोगका कार्यकारी उपाध्यक्ष डा श्रीकृष्ण गिरिले २०८० सम्म बिश्वविधालयमा प्रवीणता प्रमाणपत्र तह फेज आउट हुनुपर्ने भएकोले १६ कलेजमा पिसिएल तहमा नर्सिङ भर्नामा रोक लगाएको जानकारी दिनुभयो।  
    आयोगको मंगलबारको निर्णयले ओम हेल्थ क्याम्पसमा पनि पिसिएल भर्ना रोक्ने निर्णय गरेको हो। 
    आयोगले चिकित्सा शिक्षा ऐन विपरित सिटिइभिटीले विश्वविद्यालय, प्रतिष्ठानहरु र उनीहरुका आंगिक र सम्बन्धन प्राप्त १६ कलेजमा नर्सिङ भर्ना खुलाएको भन्दै उक्त कार्य रोक्ने निर्णय गरेको हो। आयोगले विश्वविद्यालय तथा प्रतिष्ठान र सिटिइिभटीलाई समेत उक्त कार्य रोक्न भनिसकेको छ। 
    आयोगले यी कलेजहरुको सिट संख्या निर्धारण सम्बन्धमा कुने पनि निर्णय नभएको तर सिटिइभिटीबाट सिट निर्धारण गरी भर्ना खुलाउने निर्णय आयोगको ऐन र आयोगको निर्णय विपरित भएको भन्दै विद्यार्थी भर्ना सम्बन्धी सूचना रद्द गर्न सिटिइभिटीलाई भनेको छ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार