काठमाडौ । चिकित्सा शिक्षा आयोगले प्रतिष्ठान तथा विश्वविद्यालय अन्र्तगतका १५ कलेजलाई प्रमाणपत्र तहमा नर्सिङ भर्ना नगर्न निर्देशन दिएको छ ।
यसअघि सिटिइभिटीले ४५ कलेजलाई सम्बन्धन दिएको भएपनि आयोगले ती मध्ये १५ वटा कलेजमा पिसिएल नर्सिङ भर्ना रोक्ने निर्णय गरेको हो ।
आयोगले चिकित्सा शिक्षा ऐन विपरित सिटिइभिटीले विश्वविद्यालय, प्रतिष्ठानहरु र उनीहरुका आंगिक र सम्बन्धन प्राप्त १५ कलेजमा नर्सिङ भर्ना खुलाएको भन्दै उक्त कार्य रोक्ने निर्णय गरेको हो। आयोगले विश्वविद्यालय तथा प्रतिष्ठान र सिटिइिभटीलाई समेत उक्त कार्य रोक्न भनिसकेको छ।
चिकित्सा शिक्षा ऐन, २०७५ ले प्रतिष्ठान तथा विश्वविद्यालयले प्रविणता प्रमाणपत्रका शैक्षिक कार्यक्रम संचालन गर्न नपाउने उल्लेख छ ।

