• सोमबार, २ कात्तिक २०८३
  • images

    पिसिएल नर्सिङमा भर्ना खुल्यो,  ३३ कलेजमा मात्र पढ्न पाइने

    पिसिएल नर्सिङमा भर्ना खुल्यो,  ३३ कलेजमा मात्र पढ्न पाइने

    कुल  १२४० सिट छुट्याइयो

    हेल्दीखबर
    मंगलबार, साउन ३१ २०७९
    हेल्दीखबर
    मंगलबार, साउन ३१ २०७९
    पिसिएल नर्सिङमा भर्ना खुल्यो,  ३३ कलेजमा मात्र पढ्न पाइने

    काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी)ले प्रमाणपत्र तह नर्सिङ कार्यक्रमको विद्यार्थी भर्ना खुला गरेको छ। सिटिभिटीले यो पटक देशभरका मापदण्ड पुगेका ३३ वटा कलेजका लागि भर्ना खुलाएको हो।

    सिटिइभिटीले सार्वजनिक गरेको भर्नासम्बन्धी सूचना अनुसार ३३ वटा कलेजमा गरेर नर्सिङ अध्ययनका लागि एक हजार दुई सय ४० सिट छुट्याइएको छ। जसमध्ये ९१ जनाले छात्रवृत्तिमा नि:शुल्क पढ्न पाउनेछन्।

    images

    पिसिएल नर्सिङका लागि ४ लाख ७५ हजार शुल्क तोकिएको छ। पूर्ण शुल्कियमा भर्ना भएकाले खाना र होस्टलबाहेक अध्ययनका लागि उक्त शुल्क तिर्नुपर्ने हुन्छ। तीन वर्षीय कोर्षका लागि तोकिएको उक्त शुल्क पहिलो वर्ष ४० प्रतिशत, दोस्रो वर्ष ३० र तेस्रो वर्ष ३० प्रतिशत गरेर तिर्न सकिने सिटिइभिटीले जनाएको छ।

    कुन कलेजलाई कति सिट?PCL-Nursing-Admission-Open-2079-(Full-Fee-Paying)-from-CTEVT-1.pngPCL-Nursing-Admission-Open-2079-(Full-Fee-Paying)-from-CTEVT-3.png

    प्रतिक्रिया दिनुहोस
    थप समाचार