• सोमबार, २ कात्तिक २०८३
  • images

    डेन्टल हाइजिनिस्ट पदको विज्ञापन रद्द, डेन्टल एसोसिएसनद्धारा तीन दिने अल्टिमेटम

    डेन्टल हाइजिनिस्ट पदको विज्ञापन रद्द, डेन्टल एसोसिएसनद्धारा तीन दिने अल्टिमेटम

    बुधबार, माघ १७ २०८०
    बुधबार, माघ १७ २०८०
    डेन्टल हाइजिनिस्ट पदको विज्ञापन रद्द, डेन्टल एसोसिएसनद्धारा तीन दिने अल्टिमेटम

    काठमाडौँ, १७ माघ । बागमती प्रदेश लोकसेवा आयोगले डेन्टल समूहको विज्ञापन रद्द गरेकोमा नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसनले आपत्ति जनाएको छ । 

    एसोसिएसनले आज विज्ञप्ति जारी गरी रद्द गरिएको बदरबन्दी सच्चाउन ३ दिने अल्टिमेटम दिएको छ । 
     एसोसिएसनले बागमती प्रदेशले डेन्टल समूह तर्फको दरबन्दीे विज्ञापन रद्ध गर्न गरेको पत्राचारप्रति आपत्ती जनाउँदै  बागमती प्रदेश अन्तर्गत स्वास्थ्य मन्त्रालयले कानुन विपरीत डेन्टल समूहको मात्र विज्ञापन रद्द गर्न गरेको पत्राचारप्रति एसोसिएसनले ध्यानाकर्षण भएको जनाएको हो ।

    images

    संघका अध्यक्ष माइकल देवकोटाले बिना कारण स्वार्थि समुहको प्रभाबमा परि ऐन कानुनको बेवास्था गर्दै डेन्टल समुहको मात्र बिज्ञापन रद्द गर्न गरेको पत्रचार प्रति ध्यानाकर्षण भएको बताए ।

    बिना कारण सिंगो पेशालाई नै चुनौति दिने र आम जनताको मुख स्वास्थ्यको मौलिक हक, अधिकारको हनन र देशमा नै बसेर देशको सेवा गर्ने दक्ष जनशक्ति लाई हतोत्साहित गर्ने कार्यले सम्पुर्ण दन्त स्वास्थ्यकर्मिहरुको मनमा चोट लागेको विज्ञप्तीमा भनिएको छ ।

    अबको तिन दिन भित्र रद्ध गरिएको दरबन्दिलाई नसच्याइए बाग्मति प्रदेश स्वास्थ्य मन्त्रालय र बाग्मति प्रदेश लोकसेबा आयोगमा संघर्षका कार्यक्रम तय गर्ने एशोसियनले चेतावनी दिएको छ ।

    एसोसिएनका अध्यक्ष  देवकोटाका अनुसार बागमती प्रदेश लोकसेवा आयोगले यही माघ ८ गते निकालेको सूचनामा पाँचौ तह, डेन्टल हाइजिनिस्ट पदमा ९ जनाका लागि विज्ञापन गरिएको थियो । 

    लोकसेवा आयोगले पछि यो समूहको मात्रै विज्ञापन रद्द गरेको छ । स्वार्थी समूहको प्रभावमा परी ऐनको बेवास्ता गरी डेन्टल समूहको मात्र विज्ञापन रद्द गरेका आरोप एसोसिएसनको छ । 


    स्थानीय तहका अस्पतालमा समेत डेन्टल हाईजेनिस्ट हरुको दरबन्दी माग भइरहेको अवस्थामा प्रदेशले विज्ञापन रद्द गर्नु आपत्तिजनक विषय भएको एसोसिएनका अध्यक्ष देवकोटाको भनाइ छ । 

    जनताको मुख स्वास्थ्यको मौलिक हकको हनन र देशमा नै बसेर देशको सेवा गर्न चाहनेदक्ष जनशक्तिलाई हतोत्साहित बनाउने काम भएको आरोप एसोसिएसनको छ ।


    हेरौँ विज्ञप्तिः  

    प्रतिक्रिया दिनुहोस
    थप समाचार