• शनिबार, १ कात्तिक २०८३
  • images

    लोकसेवाद्धारा नर्स,डाक्टरदेखि स्वास्थ्यका अरु समूहमा ४८ जनाको लागि विज्ञापन खुला

    लोकसेवाद्धारा नर्स,डाक्टरदेखि स्वास्थ्यका अरु समूहमा ४८ जनाको लागि विज्ञापन खुला

    हेल्दीखबर
    सोमबार, फागुन ९ २०७८
    हेल्दीखबर
    सोमबार, फागुन ९ २०७८
    लोकसेवाद्धारा नर्स,डाक्टरदेखि स्वास्थ्यका अरु समूहमा  ४८ जनाको लागि विज्ञापन खुला

    काठमाडौ । लोकसेवा आयोग बागमती प्रदेशले नवौं तहका लागि स्वास्थ्यका विभिन्न समूहमा विज्ञापन खुलाएको छ ।

    ऋायोगले आज सूचना प्रकाशित गर्दै स्वास्थ्य तर्फ खुला,कार्यक्षमताको मुल्याङ्कनबाट हुने बढुवा र आन्तरिक प्रतियोगिताद्धारा स्वास्थ्यका विभिन्न समूहमा विज्ञापन खुलाएको हो ।

    images

    लोकसेवा आयोगले खुलातर्फ पेडियाट्रिसियन,मेडिसिन,एनेस्थेसियोलोजिष्ट,अर्थोपेडिक सर्जन,रेडियोलोजी,साइकियाट्रीक,गाइनोकोलोजिष्ट र जनस्वास्थ्य प्रशासकमा नवौं तहका लागि विज्ञापन खुलाएको छ । यसैगरी आन्तरिक प्रतियोगितातर्फ पनि नवौं तहमा नर्सिङ प्रशासक,पेडियाट्रिसियन,मेडिसिन,एनेस्थेसियोलोजिष्ट,अर्थोपेडिकसर्जन,रेडियोलोजी,साइकियाट्रीक,गाइनोकोलोजिष्ट,हेल्थ एजुकेशन र हेल्थ इन्सपेक्सनमा विज्ञापन खुलाएको छ । यस्तै कार्य क्षमता मुल्याङ्कनद्धारा हुने विज्ञापनमा पनि पेडियाट्रिसियन,मेडिसिन,एनेस्थेसियोलोजिष्ट, गाइनोकोलोजिष्ट अर्थोपेडिक सर्जन,रेडियोलोजी,साइकियाट्रीक र डर्माटोलोजीका लागि विज्ञापन खुलाएको छ ।

    हेरौंसूचनाः  Screenshot_20220221-071129_Chrome.jpgScreenshot_20220221-071147_Chrome.jpg

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार