• आइतबार, १४ भदौ २०८३
  • images

    स्वास्थ्य सेवा विभागका ७ शाखा प्रमुखको सरुवा 

    स्वास्थ्य सेवा विभागका ७ शाखा प्रमुखको सरुवा 

    हेल्दीखबर
    बिहीबार , पुस २६ २०८०
    हेल्दीखबर
    बिहीबार , पुस २६ २०८०
    स्वास्थ्य सेवा विभागका ७ शाखा प्रमुखको सरुवा 

    काठमाडौं, २६ पुस । स्वास्थ्य सेवा विभागका ७ जना शाखा प्रमुखहरुको सरुवा गरिएको छ।

     महानिर्देशकस्तरीय निर्णय अनुसार ७ जना स्वास्थ्यका अधिकारीहरुको सरुवा भएको हो ।


    विभागका अनुसार उपचारात्मक महाशाखाकी डा पोमा थापालाई इडिसिडीको नसर्ने रोग मानसिक शाखा प्रमुखमा तानिएको छ।  इडिसिडीको नसर्ने रोग तथा मानसिक शाखामाका डा फणिन्द्र बराललाई उपचारात्मक महाशाखामा लगिएको छ।  
       यस्तै डा गुणानिधी शर्मालाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको महामारी व्यवस्थापन शाखा लगिएको छ। उनी स्वास्थ्य मन्त्रालयबाट सरुवा भएर त्यहाँ गएका थिए।

    परिवार कल्याण महाशाखाकी कविता अर्याललाई नर्सिङ महाशाखामा लगिएको छ।  परिवार कल्याण महाशाखामा नर्सिङ महाशाखाकी शर्मिला दाहाललाई ल्याइएको छ। अनु शाक्यलाई व्यवस्थापन महाशाखामा जिम्मेवारी दिइएको छ भने  सागर दाहाललाई इडिसिडीमा लगिएको छ। 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार