विराटनगर २३ असार । कोशी प्रदेशका सभामुख बावुराम गौतमलले अंगदान जीवनदान मरणोपरान्त अंगदानको लागि जनचेतना फैलाउनुपर्ने बताउनुभएको छ ।
इष्ट पोल मिडिया प्रालि र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको आयोजनामा विराटनगरमा आयोजना गरिएको ‘मस्तिष्क मृत्युपछिको अंगदान र काुनी कार्यान्वयन’ विषयक अन्र्तक्रियामा उहाँले सो कुरा बताउनुभएको हो । उहाँले ‘अहिले पनि मस्तिष्क मृत्युपश्चात अंगदानसम्बन्धि कानुनको बारेमा केन्द्रीय सरकारलाई झकझकाउन सकिने बताउनुभयो ।
ऐन कार्यन्वयन गर्दै यस विषयमा जनस्तरमा बुझाउन जरुरी रहेको भन्दै उहाँले प्रदेश सरकारले पनि मस्तिष्क मृत्युपछिको अंगदानलाई प्राथमिकता दिने बताउनुभयो ।
विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले मानव अगंको सफल प्रत्यारोपणले नागरिकको जीवनलाई गुणस्तरीय बनाइ विरामीको उपचारमा सहज पु¥याउने बताउनुभयो ।
अंगदान एउटा महान मानविय कार्य भएकोले मृत्यु पश्चताव डढेर र गलेर जाने अंगले अरुको जीवन बचाउन सकिने भएकोले स्थानीय स्तरमा जनचेतना फैलाउनुपर्ने बताउनुभयो ।
उहाँले कोशी प्रदेशमा पनि तत्काल मिर्गौला प्रत्यारोपण सुरु गरिने जानकारी गराउनुभयो । अंगदान सम्बन्धि जनचेतनालाई अगाडी बढाउन जोड दिदै नेपालमा मस्तिष्क मृत्युपछिको कानुन कार्यान्वयन हुन सकेमात्र पनि धेरै व्यक्तिको अंग प्रत्यारोपण गर्न सकिने बताउनुभयो । सो क्रममा मेयर नागेश कोइरालाले पनि अंगदान घोषाणा गर्नुभएको थियो ।
एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड टेण्डल कलेज अफ नेपालका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह काकी मानवअंग प्रत्यारोपणको लागि निजी क्षेत्र र सरकारसँग सहकार्य गरेर अगाढी बढने धारणा राख्नुभयो । आधुनिक र समय सापेक्ष प्रविधिको अवलम्बन गरी थप गुणस्तरीय सेवा प्रवाहको लागि सरकारी निकायसँग निजी क्षेत्रले हातेमालो गरेर अगाडी बढन तयार रहेको बताउनुभयो । उहाँले निजी अस्पताललाई सरकारले हेर्ने दृष्टिकोणमा परिवर्तन आउनुपर्नेमा जोड दिनुभयो । विराट मेडिकल कलेजमा मिर्गौला प्रत्यारोपणका लागि सम्र्पूण भौतिक संरचना तयारी अवस्थमा रहेको भन्दै सरकारी मुल्यमा मिर्गौला प्रत्यारोपण गर्न सकिने बताउनुभयो ।
मोरङका प्रमुख जिल्ला अधिकारी विरेन्द्र कुमार यादवले अंगदानलाई प्रोत्साहान गर्नुपर्ने बताउनुभयो । लाइसेन्स वा नागरिकतामा अंगदानबारे जनचेतना फैलाउनुपर्ने र त्यसलाई अप्सनलका रुपमा राखिनुपर्ने उहाँको धारणा रहेको थियो । त्यसको लागि अंगदानबारे जनस्तरमा जनचेतना जोगाउनुपर्ने बताउनुभयो । अंगदान अतिनै महत्वपूर्ण रहेकाले यसबारे जनचेतनाको अभियाननै चलाउनपर्नेमा जोड दिनुभयो ।
कोशी प्रदेशकी स्वास्थ्य सचिव डा.सुधा देवकोटाले अंगदानबारे व्यापक जनचेतना जगाउनुपर्नेमा जोड दिनुभयो । प्रदेश एकमा मिर्गौला प्रत्यारोपण गर्नुपर्नेमा जोड दिदै त्यसको लागि स्वास्थ्य मन्त्रालय तयार रहेको बताउनुभयो । सो अवसरमा उहाँले मृत्युपश्चात आफ्नो अंगदान गर्ने घोषणा गर्नुभएको थियो ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्दका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले मस्तिष्कमृत्यु, अंगदानबारे वर्तमान अवस्था के कस्तो छ भनेर कार्यपत्र प्रस्तुत गर्नुभएको थियो सो अवसरमा डा.श्रेष्ठले नेपालमा मस्तिष्क मृत्यु भएका व्यक्तिहरुको अंग प्रयोग गर्न सके हजारौंले पुर्नजीवन पाउने बताउनुभयो ।
उहाँले नेपालमा वार्षिक एक हजार जनाको बे्रनडेथ हुने गरेको अनुमानित तथ्यांक रहेको बताउदै दैनिक दुईदेखि चारजनाको सडक दुर्घटनामा मृत्यु हुने गरेको बताउनुभयो । उहाँले वार्षिक तीनहजारको मिर्गौला फेल हुने गरेको सुनाउनुभयो । तर जनचेतनाको कमीका कारण खेर जाने अंगको उपयोग गर्न नसकिएको र हालसम्म नेपालमा जम्मा ५ ब्रेनडेथ भएका व्यक्तिको अंग उपयोग भएको बताउनुभयो । अंगदानबारे जनस्तरमा जनचेतना जगाई अघि बढ्नुपर्ने उहाँको भनाई छ । उहाँले चिकित्सकले मात्र बुझेर नहुने भन्दै सबैले अंगदानबारे बुझ्नुपर्ने धारणा राख्नुभयो । नेपालमा मिर्गौला तथा कलेजोले काम नगर्ने बिरामीको अवस्थाका बारेमा पनि प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँका अनुसार नेपालमा वर्षमा ३ हजार जनाको मिर्गाैला र एक हजार जनाको कलेजो फेल हुने गरेको तथ्यांक छ । ३० लाख मानिस मधुमेह रोगबाट पीडित छन् । यद्यपी मुटु तथा फोक्सो फेल हुने गरेको सम्बन्धमा कुनै तथ्यांक नरहेको जानकारी गराउनुभयो । तीन हजार जनाको मिर्गाैला फेल हुने गरेको तथ्यांक भएपनि वर्षमा जम्मा ३५० जनाको प्रत्यारोपण हुने गरेको तथा एक हजार जनाको कलेजो फेल हुने गरेपनि जम्मा ५ जनाको मात्रै कलेजो प्रत्यारोपण हुने गरेको डा.श्रेष्ठले बताउनुभयो ।
त्रिवि शिक्षण अस्पतालका आइसियु विभाग प्रमुख डा.सुवास आचार्यले अंगदान र हालको कानुनबारे प्रस्तुतिकरण दिनुभएको थियो । मानिसहरुले मस्तिष्क मृत्युबारे बुझ्न नसक्दा समस्या भएको धारणा राख्नुभयो । मस्तिष्क मृत्यु भएका व्यक्तिबाट अर्को व्यक्तिले पुर्नजन्म पाउने भएकोले अंगदानलाई देशव्यापी रुपमा अघि बढाउनुपर्ने बताउनुभयो ।
प्रत्यारोपण केन्द्रका डा. लुसन सिंहले मिर्गौला रोगबारेको अवस्था तथा नसर्ने रोगको बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो । उहाँले नेपालमा वार्षिक तीनहजार जनाको मिर्गौला फेल हुने भन्दै मस्तिष्क मृत्युबारे जनचेतना जगाउन सके सबैले अंग प्रत्यारोपण गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा विभिन्न संघसस्थाबाट आएका प्रतिनीधिहरुले धारणा व्यक्त गर्नुभएको थियो ।