भक्तपुर । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एकसाथ दुईजनाको कलेजो प्रत्यारोपण भएको छ ।
चैत्र २० र २१ गते गरी दुई जनाको कलेजो प्रत्यारोपण गरिएको हो । नेपालमै पहिलो पटक २०७२ मंसिरमा पहिलोपटक उक्त केन्द्रमा कलेजो प्रत्यारोपण गरिएको थियो ।
केन्द्रले हाल सम्म ८ जनाको कलेजो प्रत्यारोपण गरेको छ जसमा ७ जना स्वस्थ्य व्यक्तिबाट र १ जना मस्तिष्क मृत्यु भएको व्यक्तिबाट कलेजो दान भएको थियो । उक्त शल्यक्रियामा नेपाली टोलीको नेतृत्व प्रत्यारोपणविद डा पुकार चन्द्र श्रेष्ठले गरेका थिए भने भारतको दिल्ली स्थित म्याक्स हस्पिटलका टोलिको नेतृत्व डा शलिन अग्रवालले गरेका थिए ।

कलेजो प्रत्यारोपण पछि ।
किर्तिपुरका ४६ वर्षिय इच्छा कुमार महर्जनलाई उनका उनकी श्रीमती ४३ वर्षिय ज्ञानी शोभा महर्जनले कलेजो दान दिएका थिए भने झापाका ५१ वर्षिय रामचन्द्र वलीलाई उनीकी १९ वर्षिय छोरी सुमित्रा वलीले कलेजो दिएका थिए ।
नेपाली टोलिमा सर्जनहरु डा.अनिषा तिवारी,डा. प्रदेज सापकोटा, डा क्षेतेन योञ्जन तामाङ्ग, डा ललित कुमार दास, कलेजो फिजिसियन डा कर्ण राजवंशी, एनेस्थेसिया तथा क्रिटिकल केयरमा डा आरती राई, डा निभा श्रेष्ठ, डा रेखा श्रेष्ठ, डा रश्मीत श्रेष्ठ, डा शिवसुन्दर राजचल, डा सुमन थिए भने रेडियोलोजि विभागको नेतृत्व डा कृष्ण बुढाथोकीले गरेको थिए । त्यस्तै कोपिला दाहालको नेतृत्वको नर्सिङ्ग टोलिमा बबिता लवजु, अनिता कार्की, लगायतले सघाएका थिए ।
हाल प्रत्यारोपण गरिएका दुबै जना कलेजो प्रत्यारोपित तथा अंगदाताहरुको स्वास्थ्य सामान्य रहेको छ । जटिल शल्यक्रिको लागि अत्याधुनिक सुविधाले सम्पन्न यस केन्दमा न्यूनतम शुल्कमा कलेजो प्रत्यारोपण हुने गरेको छ र आगामी महिना देखि मासिक २ जनाको कलेजो प्रत्यारोपण नियमित गर्ने तयारी गरेको छ । सेवाको उपलब्धता सँगै देशमा मृर्गौला प्रत्यारोपण निःशुल्क गरिए झैं कलेजो प्रत्यारोपणमा पनि सहुलियत प्राप्त भएमा यस सेवाबाट धेरै जना कलेजो फेल भएका व्यक्तिहरु लाभान्वित हुने छ ।